सेयर बजारमा हरियाली, जानकी फाइनान्समा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ४५ दशमलव ८८ अंकले बढेर २७१५ दशमलव ७१ को विन्दुमा पुगेको छ । बुधबार ३०८ कम्पनीका ५६ हजार ३५० पटकको कारोबारमा १ करोड १३ लाख ८६ हजार ८५४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ […]

Dec 11, 2024 - 09:39
 0
सेयर बजारमा हरियाली, जानकी फाइनान्समा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ४५ दशमलव ८८ अंकले बढेर २७१५ दशमलव ७१ को विन्दुमा पुगेको छ ।

बुधबार ३०८ कम्पनीका ५६ हजार ३५० पटकको कारोबारमा १ करोड १३ लाख ८६ हजार ८५४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ५ करोड ६ लाख ५४ हजार ४ सय ५० रुपैयाँ रहेको छ ।

२११ कम्पनीको सेयर मूल्य बढ्दा २९ कम्पनी घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये म्युचुअल फन्ड झिनो अंकले घट्दा सबैमा हरियाली छाएको छ । आज जानकी फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् । जसको कारोबार रकम ३६ करोड १५ लाख २ हजार ४४३ रुपैयाँ रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register