आसिफ शेख आइएमई पेको ब्रान्ड एम्बेसेडर

काठमाडौं । नेपाली क्रिकेटर आसिफ शेख नेपालको पहिलो डिजिटल वालेट आइएमई पेको ब्रान्ड एम्बेसेडर बनेका छन् । उनलाई एक कार्यक्रम माझ कम्पनीले ब्रान्ड एम्बेसेडर बनाएको हो । नेपालको राष्ट्रिय क्रिकेट टिममा दायाँ हाते विकेटकिपर/ब्याट्सम्यानको रूपमा खेल्दै आएका शेखले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेट खेलहरूमा कम उमेरमै कैयौँ कीर्तिमान प्राप्त गरिसकेका छन् । कार्यक्रममा बोल्दै आइएमई […]

Dec 11, 2024 - 10:47
 0
आसिफ शेख आइएमई पेको ब्रान्ड एम्बेसेडर

काठमाडौं । नेपाली क्रिकेटर आसिफ शेख नेपालको पहिलो डिजिटल वालेट आइएमई पेको ब्रान्ड एम्बेसेडर बनेका छन् । उनलाई एक कार्यक्रम माझ कम्पनीले ब्रान्ड एम्बेसेडर बनाएको हो ।

नेपालको राष्ट्रिय क्रिकेट टिममा दायाँ हाते विकेटकिपर/ब्याट्सम्यानको रूपमा खेल्दै आएका शेखले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेट खेलहरूमा कम उमेरमै कैयौँ कीर्तिमान प्राप्त गरिसकेका छन् ।

कार्यक्रममा बोल्दै आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, ‘नेपाली क्रिकेटको लागि हाम्रो समर्थन जारी राख्दै, हामी विश्वास गर्छौं कि यो साझेदारी खेलकुद र डिजिटल भुक्तानीलाई जोड्ने एक उत्कृष्ट कदम हुनेछ ।’

उनले सो साझेदारीलाई डिजिटल फाइनान्सको सम्भाव्यता नेपाली क्रिकेटको जोशसँग जोड्ने महत्त्वपूर्ण कदम रूपमा लिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register