आफूले ३ कक्षासम्म पढेको स्कुलको भवन प्रधानमन्त्री ओलीले गरे उद्घाटन

पाँचथर। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बाल्यकालसँग जोडिएको एउटा ऐतिहासिक क्षणलाई पुनः जीवित तुल्याएका छन् । उनले तीन कक्षासम्म अध्ययन  गरेको पाँचथरको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै आफ्नो बाल्यकालका यादलाई  ससम्झना गरे। तेह्रथुमको आठराई गाउँपालिका-४, इवामा रहेको यो विद्यालयको १८ कोठे भवन बुधबार ओलीले रिबन काटेर उद्घाटन गरे । विद्यालयका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकीका […]

Dec 11, 2024 - 10:51
 0
आफूले ३ कक्षासम्म पढेको स्कुलको भवन प्रधानमन्त्री ओलीले गरे उद्घाटन

पाँचथर। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बाल्यकालसँग जोडिएको एउटा ऐतिहासिक क्षणलाई पुनः जीवित तुल्याएका छन् ।

उनले तीन कक्षासम्म अध्ययन  गरेको पाँचथरको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै आफ्नो बाल्यकालका यादलाई  ससम्झना गरे।

तेह्रथुमको आठराई गाउँपालिका-४, इवामा रहेको यो विद्यालयको १८ कोठे भवन बुधबार ओलीले रिबन काटेर उद्घाटन गरे ।

विद्यालयका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकीका अनुसार प्रधानमन्त्री ओलीले यस विद्यालयमा कक्षा ३ सम्म अध्ययन गरेका थिए ।

यो भवन दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसनको रु ४ करोड ४९ लाख ६० हजारको मुख्य लगानीमा निर्माण भएको हो। कोशी प्रदेश सरकारले रु २१ लाख ४० हजार र आठराई गाउँपालिकाले रु ६९ लाखको योगदान गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम घिमिरेका अनुसार, पुरानो भवनको जीर्ण अवस्थाले पठनपाठनमा समस्या सिर्जना गरेपछि प्रधानमन्त्री ओलीलाई सहयोगका लागि अनुरोध गरिएको थियो ।

प्रधानमन्त्रीको विशेष आग्रहमा दक्षिण कोरियाको फाउण्डेसनले मुख्य लगानी गरेको घिमिरेले बताए ।

उद्घाटन कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते योङ, फाउण्डेसनका पार्क यु सुन लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register