एकीकृत समाजवादीको बैठक : अध्यक्ष नेपालद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को बुधबारदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । उनले नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन, मुलुकमा पछिल्लो समय विकासित राजनीतिक अवस्थालगायत विषयमा जानकारी गराएको पार्टीका सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए । राजनीतिक प्रतिवेदनमा स्थानीय तहको उपनिर्वाचनको समीक्षा गरिएको छ भने राष्ट्रिय तथा […]

Dec 12, 2024 - 01:47
 0
एकीकृत समाजवादीको बैठक : अध्यक्ष नेपालद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को बुधबारदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

उनले नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन, मुलुकमा पछिल्लो समय विकासित राजनीतिक अवस्थालगायत विषयमा जानकारी गराएको पार्टीका सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

राजनीतिक प्रतिवेदनमा स्थानीय तहको उपनिर्वाचनको समीक्षा गरिएको छ भने राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रभावबारे उल्लेख गरिएको छ । वैज्ञानिक समाजवाद कार्यान्वयनका लागि राष्ट्रिय पुँजीको सञ्चय, आर्थिक रूपान्तरणका लागि पुँजी परिचालन, औद्योगिक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने विषय प्रतिवेदनमा समावेश गरिएका छन् ।

देशभर पार्टीको सङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशनबारे समीक्षा, आगामी दिनमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गरिएको छ । बैठकले पार्टी सङ्गठनलाई सुदृढीकरण गर्न भावी कार्यदिशा तय गर्नेछ ।

नेताको कार्यविभाजनअन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसङ्गठन इन्चार्ज तोक्न पार्टी अध्यक्ष नेपालको नेतृत्वमा गठित कार्यदलले बिहीबारको बैठकमा नामावली प्रस्तुत गर्ने र सोही बैठकले अनुमोदन गर्ने जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register