सार्वजनिक बिदा घटाउन सरकारलाई सांसदहरुको सुझाव

काठमाडौं । सांसदहरुले सार्वजनिक बिदाको संख्या घटाउन सरकारलाई सुझाव दिएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनीहरूले नेपालमा धेरै बिदा हुँदा जनतामा सहज रूपमा सेवा प्रवाहमा समस्या भएकाले बिदाको संख्या घटाउन सरकारलाई सुझाव दिएका हुन् । सांसद अमरेशकुमार सिंहले वर्षमा ३० दिनभन्दा बढी बिदा नपाउने व्यवस्था गर्न सुझाव […]

Dec 12, 2024 - 09:39
 0
सार्वजनिक बिदा घटाउन सरकारलाई सांसदहरुको सुझाव

काठमाडौं । सांसदहरुले सार्वजनिक बिदाको संख्या घटाउन सरकारलाई सुझाव दिएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनीहरूले नेपालमा धेरै बिदा हुँदा जनतामा सहज रूपमा सेवा प्रवाहमा समस्या भएकाले बिदाको संख्या घटाउन सरकारलाई सुझाव दिएका हुन् ।

सांसद अमरेशकुमार सिंहले वर्षमा ३० दिनभन्दा बढी बिदा नपाउने व्यवस्था गर्न सुझाव दिए । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर छलफलका क्रममा उनले हरेक कुरामा बिदा दिने प्रचलनले समयमा नै काम नहुने र जनतालाई समेत समस्या पर्ने देखिएको बताए ।

सांसद सिंहले सार्वजनिक निकायमा मन्त्रीहरूको कार्यकक्ष बनाउने काम उचित नभएको उल्लेख बताए । त्यस्तै सांसद श्याम घिमिरेले खरदारसम्मका लागि कर्मचारी नीति क्षेत्रको कम्पनीबाट लिनुपर्ने र पाँचौँ तहबाट मात्रै निजामती सेवामा कर्मचारी लिनुपर्ने सुझाव दिए ।

उनले विधेयकहरूलाई समयमा नै अघि बढाउन समिति गम्भीर हुनुपर्नेमा जोड दिए ।

बैठकमा सांसद माधव सापकोटाले समितिको बैठकबारे बिहान साढे दश बजे मात्र जानकारी आएको र तयारी नगरेकाले छलफलमा भाग नलिने बताए । उनले २४ वटा बुँदामा संशोधन दर्ता गरे पनि पर्याप्त छलफल हुने अवस्था नदेखिएको जिकिर गरे ।

विधेयकमा राजनीतिक हस्तक्षेप हुने र समयमा नै पास हुन नसक्ने आशङ्का उत्पन्न भएको उनको भनाई छ । समितिका सभापति रामहरि खतिवडाले निरन्तर बैठक भएकाले सूचना पठाउन ढिलाइ भएको जवाफ दिए ।

सभापति खतिवडाले समितिमा रहेका विधेयकलाई निष्कर्षमा पुराउनका लागि समिति निरन्तर क्रियाशील रहेको उल्लेख गरे । उनले अर्को बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि अन्य संशोधनकर्तासँग छलफल गर्ने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register