चिलिमे जलविद्युत कम्पनीले १२ प्रतिशत लाभांश दिने

काठमाडौँ । चिलिमे जलविद्युत कम्पनीले आफ्ना सेयरधनीलाई १२ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउने छन् । कम्पनीले लाभांश पारित […]

Dec 17, 2024 - 06:47
 0
चिलिमे जलविद्युत कम्पनीले १२ प्रतिशत लाभांश दिने

काठमाडौँ । चिलिमे जलविद्युत कम्पनीले आफ्ना सेयरधनीलाई १२ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउने छन् ।

कम्पनीले लाभांश पारित गर्नका लागि पुस २८ गते वार्षिक साधारण सभा डाकेको छ । सभा प्रयोजनको लागि चिलिमेले पुस १६ गते बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, पुस १५ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

गत वर्ष कम्पनीले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register