प्रिमियर लिगमा लय गुमाइरहेका हालान्ड : ११ खेलमा मात्र ३ गोल

काठमाडौं । नर्वेका अर्लिङ हालान्ड विगतका दुई वर्षयता इंग्लिस प्रिमियर लिग फूटबलका गोल मेसिन थिए । सन् २०२२–२३ को सिजन जर्मन क्लब बोरुसिया डर्टमुन्ड छोडेर म्यानचेस्टर सिटी आएका हालान्डले पहिलो सिजन नै तहल्का मच्चाएका थिए । उनले पहिलो सिजन नै ३६ गोल गर्दै तहल्का मच्चाएका थिए । यो संख्या प्रिमियर लिगको इतिहासमै एकै सिजनमा गरिएको […]

Dec 17, 2024 - 07:35
 0
प्रिमियर लिगमा लय गुमाइरहेका हालान्ड : ११ खेलमा मात्र ३ गोल

काठमाडौं । नर्वेका अर्लिङ हालान्ड विगतका दुई वर्षयता इंग्लिस प्रिमियर लिग फूटबलका गोल मेसिन थिए । सन् २०२२–२३ को सिजन जर्मन क्लब बोरुसिया डर्टमुन्ड छोडेर म्यानचेस्टर सिटी आएका हालान्डले पहिलो सिजन नै तहल्का मच्चाएका थिए ।

उनले पहिलो सिजन नै ३६ गोल गर्दै तहल्का मच्चाएका थिए । यो संख्या प्रिमियर लिगको इतिहासमै एकै सिजनमा गरिएको सर्वाधिक गोल संख्या हो ।

यस्तै हालान्ड अर्को वर्ष अर्थात २०२३–२४ मा पनि २७ गोल गर्दै प्रिमियर लिगका सर्वाधिक गोल कर्ता बने । उनका यिनै गोलका मद्दतले सिटीले यी दुवै सिजन प्रिमियर लिगको उपाधि जित्यो ।

जारी सिजन २०२४–२५ को सुरुमा पनि हालान्डले राम्रै सुरुवात गरेका थिए । उनले ५ खेल खेल्दा १० गोल गरेका थिए । तर पछिल्लो सिजन उनको यो लय कायम छैन । उनले ११ खेल खेल्दा मात्र ३ गोल गरेका छन् ।

प्रमुख स्ट्राइकर हालान्डले लय गुमाउँदो पीडा उनी आबद्ध क्लब सिटीले पनि भोगिरहेको छ । पछिल्लो लगातार ४ वटा प्रिमियर लिग जितेको सिटी यो सिजन तालिकाको पाँचौ स्थानमा छ । यो उसका लागि निक्कै खराब प्रदर्शन हो ।

सिटी प्रिमियर लिगमा पछिल्लो पटक प्रमुख प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडसँग २–१ गोलअन्तरले पराजित भएको थियो । जहाँ हालान्ड गोल गर्न असफल रहेका थिए ।

प्रिमियर लिगको शीर्ष स्थानमा ३६ अंकसहित लिभरपुल छ । यस्तै दोस्रोमा चेल्सी, तेस्रोमा आर्सनल तथा चौथोमा नथिङ्गम सिटी छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register