कर लगाउने ट्रम्पको घोषणाको प्रतिक्रिया : नयाँ सीमा नियम लागू गर्दै क्यानडा

काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर लगाउने घोषणा गरेपछि क्यानडाले नयाँ सीमा नियम लागू गरेको छ । यसअन्तर्गत उसले अमेरिकी सीमामा नयाँ सुरक्षा उपायहरू लागू गरिने बताइएको छ । नयाँ नियमअनुसार सीमा निगरानीलाई मजबुत बनाइने क्यानडाको सरकारी स्रोतले जनाएको छ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पले भर्खरै क्यानडाबाट अमेरिका आउने हरेक उत्पादनमा २५ प्रतिशत […]

Dec 18, 2024 - 04:19
 0
कर लगाउने ट्रम्पको घोषणाको प्रतिक्रिया : नयाँ सीमा नियम लागू गर्दै क्यानडा

काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर लगाउने घोषणा गरेपछि क्यानडाले नयाँ सीमा नियम लागू गरेको छ । यसअन्तर्गत उसले अमेरिकी सीमामा नयाँ सुरक्षा उपायहरू लागू गरिने बताइएको छ ।

नयाँ नियमअनुसार सीमा निगरानीलाई मजबुत बनाइने क्यानडाको सरकारी स्रोतले जनाएको छ ।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पले भर्खरै क्यानडाबाट अमेरिका आउने हरेक उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । त्यसैको प्रतिक्रियास्वरुप क्यानडाले यो घोषणा गरेको बीबीसीको समाचारमा उल्लेख छ ।

ट्रम्पले क्यानडाविरुद्धको यो शुल्क आप्रवासी र अवैध लागुऔषध रोक्न आवश्यक भएको बताएका थिए ।

ट्रम्पको घोषणामा अर्थशास्त्रीहरूले यस्तो ट्यारिफले क्यानाडाको अर्थतन्त्रलाई धक्का दिन सक्ने बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register