आइएमई पे एपबाट आइल्स टेस्टको शुल्क भुक्तानीमा २ हजार छुट

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले आइल्स टेस्टको शुल्क भुक्तानीमा १ हजार छुट सुविधा सार्वजनिक गरेको थियो । सो सुविधालाई अझ परिष्कृत गर्दै सेवाग्राहीमाझ प्रवर्द्धन गर्न आइएमई पेले आइल्स टेस्ट शुल्कमा फ्ल्याट २ हजार रुपैयाँ क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । सेवाग्राहीहरूले यो क्यासब्याक सुविधा यही पुस ५ गतेसम्म प्राप्त गर्न […]

Dec 18, 2024 - 06:03
 0
आइएमई पे एपबाट आइल्स टेस्टको शुल्क भुक्तानीमा २ हजार छुट

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले आइल्स टेस्टको शुल्क भुक्तानीमा १ हजार छुट सुविधा सार्वजनिक गरेको थियो ।

सो सुविधालाई अझ परिष्कृत गर्दै सेवाग्राहीमाझ प्रवर्द्धन गर्न आइएमई पेले आइल्स टेस्ट शुल्कमा फ्ल्याट २ हजार रुपैयाँ क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

सेवाग्राहीहरूले यो क्यासब्याक सुविधा यही पुस ५ गतेसम्म प्राप्त गर्न सक्नेछन् । पहिले सार्वजनिक भएको अफरअनुसार १ हजार रुपैयाँ छुट सुविधा निरन्तर चलिरहनेछ ।

यो नयाँ सेवामार्फत अब प्रयोगकर्ताले समय र मेहनत बचाइ आइएमई पे एपमार्फत आफ्नो आइल्स परीक्षा शुल्क सहजै तिर्न सक्ने आइएमई पेले जनाएको छ ।

प्रयोगकर्ताहरूले आइल्सको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, आइल्स, यूके ४को एकेडेमिक टेस्ट र जनरल ट्रेनिङ टेस्ट, लाइफ स्किल ए१/ए२, बी१ को निम्ति भुक्तानी गर्न सक्नेछन् ।

आइएमई पे एपबाट आइल्स टेस्टको मिति बुक गर्न र शुल्क भुक्तानी गर्न प्रयोगकर्ताहरूले एपको होमपेजमा ‘वाट्स निउ’ भागमा ‘आइल्स टेस्ट बुकिङ’मा गई सोधिएको विवरण भरेर गर्न सक्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register