पूर्वी नाका काँकरभिट्टाबाट तस्करी धन्धा जारी, फेरि ५ लाख ५७ हजारको सामान फेला

झापा, ६ माघ । झापाको पूर्वी नाका काँकरभिट्टाबाट पहिल्लो समय दैनिकजसो अवैध सामान बरामद हुन थालेको छ । शुक्रबार बेवारिसे अवस्थामा र अवैध मदिरा बरामद भएलगत्तै शनिबार पुनः करिब छ लाख रुपैयाँ बराबरको अवैध सामान बेवारिसे अवस्थामा फेला परेको छ । शनिबार राति ९ बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको [...] The post पूर्वी नाका काँकरभिट्टाबाट तस्करी धन्धा जारी, फेरि ५ लाख ५७ हजारको सामान फेला appeared first on Jhapa Online.

Jan 19, 2025 - 03:01
 0
पूर्वी नाका काँकरभिट्टाबाट तस्करी धन्धा जारी, फेरि ५ लाख ५७ हजारको सामान फेला

झापा, ६ माघ । झापाको पूर्वी नाका काँकरभिट्टाबाट पहिल्लो समय दैनिकजसो अवैध सामान बरामद हुन थालेको छ । शुक्रबार बेवारिसे अवस्थामा र अवैध मदिरा बरामद भएलगत्तै शनिबार पुनः करिब छ लाख रुपैयाँ बराबरको अवैध सामान बेवारिसे अवस्थामा फेला परेको छ ।

शनिबार राति ९ बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचिनगर–६ स्थित हनुमान मन्दिर हुँदै भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली गरी लुकाई छिपाई ल्याउदैं गरेको धोती कपडा ८ पिस, लेडिज ब्लाउज १० पिस, पेटिकोट ८ पिस, भेष्ट २० पिस, थानको कपडा १५ मिटर, लेह्ङगा २ पिस, डिनर प्लेट १२ थान, धाराको टुटी ३९ पिस, गाडीको पार्टस पुर्जा र अन्य विभिन्न किसिमका किराना सामान समेत गरी करिब ५ लाख ७३ हजार ५५० रुपैयाँ बराबरको अवैध सामान बेवारिसे अवस्थामा फेला पारेको छ ।

ती सामान बरामद गरी आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post पूर्वी नाका काँकरभिट्टाबाट तस्करी धन्धा जारी, फेरि ५ लाख ५७ हजारको सामान फेला appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register