मेचीनगरको सहरेडाँगी दुर्घटना अपडेट : मृतक शिवसताक्षीका महेश्वर दाहाल

झापा, १२ साउन । आइतबार साँझ झापा मेचिनगर–१२ सरेडाँगीस्थित मेची राजमार्गमा भएको सवारी दुर्घटनामा मृत्यु भएका पुरुषको पहिचन खुलेको छ । मृतक झापाको शिवसताक्षी नगरपालिका–५ का ५९ वर्षीय महेश भन्ने महेश्वर दाहालको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलामबाट चारआलीतर्फ जाँदै गरेको मे. १ च ६१३१ नम्बरको स्कोर्पियोले पैदल यात्री दाहाललाई ठक्कर दिँदा उनी [...] The post मेचीनगरको सहरेडाँगी दुर्घटना अपडेट : मृतक शिवसताक्षीका महेश्वर दाहाल appeared first on Jhapa Online.

Jul 28, 2025 - 14:17
 0
मेचीनगरको सहरेडाँगी दुर्घटना अपडेट : मृतक शिवसताक्षीका महेश्वर दाहाल

झापा, १२ साउन । आइतबार साँझ झापा मेचिनगर–१२ सरेडाँगीस्थित मेची राजमार्गमा भएको सवारी दुर्घटनामा मृत्यु भएका पुरुषको पहिचन खुलेको छ ।

मृतक झापाको शिवसताक्षी नगरपालिका–५ का ५९ वर्षीय महेश भन्ने महेश्वर दाहालको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलामबाट चारआलीतर्फ जाँदै गरेको मे. १ च ६१३१ नम्बरको स्कोर्पियोले पैदल यात्री दाहाललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । इलाका प्रहरी कार्यालय अनारमनीले स्कोर्पियो चालक हल्दिबारी गाउँपालिका–१ का ४८ वर्षीय गजेन्द्रबहादुर बिष्टलाई सवारीसहित नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

The post मेचीनगरको सहरेडाँगी दुर्घटना अपडेट : मृतक शिवसताक्षीका महेश्वर दाहाल appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register