नक्कली सुन देखाएर २१ लाख ५० हजार ठगेपछि….

झापा, १२ साउन । नक्कली सुन देखाइ ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुर ठिमी–८ बोडेमा बसोबास गर्दै आएका २८ वर्षीय बुद्धिबहादुर तामाङ र नुवाकोट मेगङ गाउँपालिका–८ का स्थायी बासिन्दा हाल भक्तपुर चागुनारायण–८ सुडालमा बस्ने २२ वर्षीय सुमन तामाङ रहेका छन्। [...] The post नक्कली सुन देखाएर २१ लाख ५० हजार ठगेपछि…. appeared first on Jhapa Online.

Jul 28, 2025 - 17:47
 0
नक्कली सुन देखाएर २१ लाख ५० हजार ठगेपछि….

झापा, १२ साउन । नक्कली सुन देखाइ ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुर ठिमी–८ बोडेमा बसोबास गर्दै आएका २८ वर्षीय बुद्धिबहादुर तामाङ र नुवाकोट मेगङ गाउँपालिका–८ का स्थायी बासिन्दा हाल भक्तपुर चागुनारायण–८ सुडालमा बस्ने २२ वर्षीय सुमन तामाङ रहेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनीहरूले सुनजस्तो देखिने धातु प्रतितोला रु एक लाख १० हजारमा दिने भन्दै फागुन २५ गते ओखलढुङ्गाका ढकबहादुर बुढाथोकीबाट रु १२ लाख र जेठ २७ गते दोलखा भीमेश्वर–५ का अर्जुन बस्नेतबाट रु ९ लाख ५० हजार लिई फरार भएको आरोपमा पक्राउ गरिएको हो।

उनीहरूको साथबाट एक केजी सुनजस्तो देखिने पहेलो धातु बरामद गरिएको छ। थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि दुवैलाई जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको जनाइएको छ।

The post नक्कली सुन देखाएर २१ लाख ५० हजार ठगेपछि…. appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register