महानगरको कर्मचारी हुँ भन्दै १३ लाख…

झापा, १२ साउन । काठमाडौं महानगरपालिकाको सरसफाइ कर्मचारी हुँ भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखा सैलुङ गाउँपालिका–२ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–६ मा बसोबास गर्दै आएका २८ वर्षीय राजु लामा रहेका छन्। उनले महानगरपालिका–३१ स्थित वडामा आफू महानगरको सरसफाइ कर्मचारी हुँ भन्दै घरघरबाट रकम उठाउने गरेको खुलेको छ। [...] The post महानगरको कर्मचारी हुँ भन्दै १३ लाख… appeared first on Jhapa Online.

Jul 28, 2025 - 17:47
 0
महानगरको कर्मचारी हुँ भन्दै १३ लाख…

झापा, १२ साउन । काठमाडौं महानगरपालिकाको सरसफाइ कर्मचारी हुँ भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दोलखा सैलुङ गाउँपालिका–२ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–६ मा बसोबास गर्दै आएका २८ वर्षीय राजु लामा रहेका छन्।

उनले महानगरपालिका–३१ स्थित वडामा आफू महानगरको सरसफाइ कर्मचारी हुँ भन्दै घरघरबाट रकम उठाउने गरेको खुलेको छ। प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले लामालाई नियन्त्रणमा लिएको हो।

प्रवक्ता बोहराका अनुसार अनुसन्धानमा उनी महानगरपालिकाका कर्मचारी नभएको पुष्टि भएको छ। हालसम्म उनले रु १३ लाख २५ हजार असुली गरिसकेको देखिएको छ। लामाको साथबाट रु छ हजार ५०० नगद, पाँच थान रसिद–बिलबिजक, कोटेश्वर बेष्ट कन्सर्नका नौ थान महसुल कार्ड र नेपाल फूलबारी सेवा प्रालिका दुई थान सरसफाइ शुल्क कार्ड बरामद गरिएको छ। घटनाको थप अनुसन्धान जारी छ।

The post महानगरको कर्मचारी हुँ भन्दै १३ लाख… appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register