अस्पताल नजिकै कसले राख्यो बम ? खतरा मोलेर सेनाले यसरी गर्‍यो डिस्पोज (भिडिओ)

बुटवल । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पतालमा फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ । अस्पतालको दक्षिण–पश्चिम पार्किङ क्षेत्रमा फेला परेको बम सेनाले डिस्पोज गराएको हो । अस्पताल प्रशासनले घटनाबारे जानकारी गराएपछि घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पुगेको थियो । बम पुरानो र खिया […]

Dec 20, 2024 - 11:29
 0
अस्पताल नजिकै कसले राख्यो बम ? खतरा मोलेर सेनाले यसरी गर्‍यो डिस्पोज (भिडिओ)

बुटवल । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पतालमा फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ ।

अस्पतालको दक्षिण–पश्चिम पार्किङ क्षेत्रमा फेला परेको बम सेनाले डिस्पोज गराएको हो ।

अस्पताल प्रशासनले घटनाबारे जानकारी गराएपछि घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पुगेको थियो ।

बम पुरानो र खिया लागेको अवस्थामा रहेको र नेपाली सेनाले बमलाई डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिए ।

बमलाई भैरहवास्थित कालीभक्ति गण ई बाट आएको टोलीले डिस्पोज गरेको थियो । प्रेस कुकरको ह्रयाण्डलाई डोरीले बाँधेर त्यसमा घडी, ब्याट्रीलगायतका उपकरण जडान गरिएको अवस्थामा बम फेला परेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register