कुलमानलाई हटाउने निर्णयपछि इन्भर्टर र मैनबत्ती व्यवसायी पनि उत्साहित ! 

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउने सरकारको निर्णयपछि व्यवसायी उत्साहित बनेका छन् । खासगरी सरकारको यो निर्णयबाट इन्भर्टर र मैनबत्ती व्यवसायी उत्साहित बनेका हुन् ।  प्राधिकरणमा कुलमान रहुन्जेल सेटिङ् मिलाउन नसकेर सामान बिकाउन नसकेका व्यवसायीहरु प्राधिकरणबाट कुलमान हटेसँगै उत्साहित बनेका छन् ।  प्राधिकरणबाट कुलमान हटेसँगै इन्भर्टर र मैनबत्ती व्यवसायी कहिलेदेखि […]

Mar 25, 2025 - 01:47
 0
कुलमानलाई हटाउने निर्णयपछि इन्भर्टर र मैनबत्ती व्यवसायी पनि उत्साहित ! 

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउने सरकारको निर्णयपछि व्यवसायी उत्साहित बनेका छन् । खासगरी सरकारको यो निर्णयबाट इन्भर्टर र मैनबत्ती व्यवसायी उत्साहित बनेका हुन् । 

प्राधिकरणमा कुलमान रहुन्जेल सेटिङ् मिलाउन नसकेर सामान बिकाउन नसकेका व्यवसायीहरु प्राधिकरणबाट कुलमान हटेसँगै उत्साहित बनेका छन् । 

प्राधिकरणबाट कुलमान हटेसँगै इन्भर्टर र मैनबत्ती व्यवसायी कहिलेदेखि लोडसेडिङ सुरु हुन्छ ? भनेर कुरिरहेका छन् । यतिसम्म की कुलमानलाई हटाउने सरकारको तयारीबारे थाहा पाएका इन्भर्टर र मैनबत्ती व्यवसायीहरुले ठूलो परिमाणमा सामान आयात गरेको र स्टक राखेको भेटिएको छ ।

यसो त उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ‘अब साँझको समयमा लोडसेडिङ हुनसक्छ’ भन्दा नै हौसिएका व्यवसायीहरु प्राधिकरणमा कुलमान नै नरहेपछि झन् उत्साहित बनेका छन् । 

हाल सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । यसअघि प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उनको साँठगाँठ व्यवसायीसँग भएको चर्चा व्यापक चलेको थियो । सोही बेला सरकारले उनलाई उर्जा मन्त्रालय तानेर प्राधिकरणको नेतृत्व कुलमानलाई सुम्पिएको थियो । तर, हाल फेरि सोही अवस्था दोहोरिएको छ । यसले इन्भर्टर व्यापारी र मैनबत्ती व्यवसायी उत्साहित बनेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register