सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई स्टे होटल भ्याली भ्यूमा विशेष छुट

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सुर्खेतको विरेन्द्रनगरमा रहेको स्टे होटल भ्याली भ्यूबीच छुट सम्झौता भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई आफ्नो सेवामा छुट दिने सम्झौता भएको हो । जसअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले स्टे होटल भ्याली भ्यूमा सांग्रिला डेभलपमेन्ट बैंकको डेबिट कार्ड वा क्यूआर कोड मार्फत खाना, कोठा र बेभरेजको […]

Feb 24, 2025 - 06:09
 0
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई स्टे होटल भ्याली भ्यूमा विशेष छुट

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सुर्खेतको विरेन्द्रनगरमा रहेको स्टे होटल भ्याली भ्यूबीच छुट सम्झौता भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई आफ्नो सेवामा छुट दिने सम्झौता भएको हो ।

जसअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले स्टे होटल भ्याली भ्यूमा सांग्रिला डेभलपमेन्ट बैंकको डेबिट कार्ड वा क्यूआर कोड मार्फत खाना, कोठा र बेभरेजको भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने छन् । यस्तै, बैंकका कर्मचारीलाई २० प्रतिशत छुट दिइने जनाइएको छ ।

उक्त सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंकको नेपालगञ्ज क्लस्टरका प्रमुख जयन्द्र बहादुर खड्का र स्टे होटल भ्याली भ्यूका म्यानेजिङ डाइरेक्टर तर्क बहादुर शाहीले फागुन ११ गते हस्ताक्षर गरेका हुन् । यो सम्झौता दुई वर्षका लागि लागू हुने छ ।

सो सम्झौताबाट सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register