बिहानै खाली पेटमा पानी पिउँदा फाइदै–फाइदा, पाचन प्रणालीदेखि रक्त सञ्चार सुधारसम्म

बिहान उठ्ने बित्तिकै एक गिलास पानी पिउने बानी स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । यसले पाचन प्रणालीलाई मात्र होइन, शरीरको मेटाबोलिज्मलाई पनि बढाउँछ । आयुर्वेदले पनि यो बानी अपनाउन सल्लाह दिन्छ । केही अध्ययनले चिसो पानीले तौल घटाउन मद्दत गर्न सक्छ भन्ने देखाएका छन् । तातो पानीले तिर्खा मेट्नुका साथै शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ […]

Dec 24, 2024 - 06:32
 0
बिहानै खाली पेटमा पानी पिउँदा फाइदै–फाइदा, पाचन प्रणालीदेखि रक्त सञ्चार सुधारसम्म

बिहान उठ्ने बित्तिकै एक गिलास पानी पिउने बानी स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । यसले पाचन प्रणालीलाई मात्र होइन, शरीरको मेटाबोलिज्मलाई पनि बढाउँछ । आयुर्वेदले पनि यो बानी अपनाउन सल्लाह दिन्छ । केही अध्ययनले चिसो पानीले तौल घटाउन मद्दत गर्न सक्छ भन्ने देखाएका छन् । तातो पानीले तिर्खा मेट्नुका साथै शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।

खाली पेटमा तातो पानी पिउनुका फाइदा

पाचन प्रणालीका लागि फाइदाजनक : तातो पानीले पाचनलाई बढाउँछ । किनभने यसले पेटमा पाचक इन्जाइमहरूलाई सक्रिय गर्छ र शरीरलाई डिटक्स गर्छ । यसले रक्तसञ्चारलाई बढाएर पाचन प्रणालीलाई खाना सजिलै पचाउन मद्दत गर्छ । यसले ग्यास र कब्जियतको समस्या पनि कम गर्न सक्छ ।

डिटक्सिफिकेसनमा सहयोगी : तातो पानी पिउनाले शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्न मद्दत पुग्छ । एक अध्ययनअनुसार तातो पानीले शरीरको डिटक्स प्रक्रियालाई तीव्र बनाउँछ । तातो पानीको सेवनले रक्त नलीहरू फैलिन्छन्, जसले शरीरका कोषहरूबाट विषाक्त पदार्थलाई बाहिर निकाल्छ ।

रक्तसञ्चारमा सुधार : तातो पानी सेवनले रक्त सञ्चारलाई सुधार्न मद्दत गर्छ । यसले रक्त नलीहरूलाई आराम दिने अध्ययनहरूले देखाएका छन् । यसको सेवनले अक्सिजन र पोषक तत्त्वहरूलाई शरीरका विभिन्न भागमा राम्रोसँग पुर्याउन मद्दत गर्छ ।

यी हुन् चिसो पानी पिउनुका फाइदा

तौल घटाउन मद्दत : चिसो पानी पिउनाले क्यालोरी बर्न हुन्छ, यद्यपि यसको प्रभाव भने धेरै हुँदैन । चिसो पानी पिउँदा शरीरलाई सामान्य तापक्रममा ल्याउन बढी मेहनत गर्नुपर्ने एक अध्ययनले देखाएको छ । किनकि यसले केही क्यालोरी बर्न गर्छ ।

ताजा महसुस : गर्मीमा चिसो पानीले ताजा महसुस गराउँछ । यसले शरीरलाई चिसो बनाएर थकान कम गर्छ । बिहान चिसो पानी पिउँदा ताजा महसुस हुन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register