दिपेन्द्रले पाएको कारको साढे १५ लाख कर शारडा ग्रुपले तिर्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा सर्वोत्कृष्ट खेलाडी बनेर दिपेन्द्र ऐरीले पाएको कारको कर शारडा ग्रुपले तिर्ने भएको छ । ओमोडा एण्ड जेइकोको नेपालका लागि आधिकारिक वितरक कम्पनी शारडा ग्रुपले पुरस्कारबापत दिपेन्द्रले पाएको कारको कर तिरिदिने भएको हो । एनपीएलमा सर्वोत्कृष्ट खेलाडी बनेका दिपेन्द्रलाई शारडा ग्रुपले नै ओमोडा इफाइभ डिलक्स एसयुभी कार पुरस्कार दिएको थियो […]

Dec 25, 2024 - 08:35
 0
दिपेन्द्रले पाएको कारको साढे १५ लाख कर शारडा ग्रुपले तिर्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा सर्वोत्कृष्ट खेलाडी बनेर दिपेन्द्र ऐरीले पाएको कारको कर शारडा ग्रुपले तिर्ने भएको छ । ओमोडा एण्ड जेइकोको नेपालका लागि आधिकारिक वितरक कम्पनी शारडा ग्रुपले पुरस्कारबापत दिपेन्द्रले पाएको कारको कर तिरिदिने भएको हो ।

एनपीएलमा सर्वोत्कृष्ट खेलाडी बनेका दिपेन्द्रलाई शारडा ग्रुपले नै ओमोडा इफाइभ डिलक्स एसयुभी कार पुरस्कार दिएको थियो ।

दिपेन्द्रले पाएको कारको बजार मूल्य ६१ लाख ९९ हजार हो । पुरस्कारमा ६२ लाखको ओमोडा कार पाए पनि दिपेन्द्रले प्रचलित आयकर ऐनको दफा ८८ (क) अनुसार आकस्मिक लाभकरबापत सरकारलाई १५ लाख ५० हजार रुपैयाँ तिर्नुपर्थ्यो ।

तर, खेलाडीलाई थप भार नपरोस् भन्दै दिपेन्द्रले पुरस्कारबापत पाएको उक्त कारको कर कार दिने कम्पनी शारडा ग्रुपले नै तिरिदिने भएको छ । एनपीएलमा सुदूरपश्चिम रोयल्सबाट ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेर टिमका कप्तानसमेत रहेका ऐरी एनपीएलको सर्वोत्कृष्ट खेलाडी बनेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register