कर्णालीको दोस्रो जित, १२७ रनले हार्‍यो कोशी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीले कोशीलाई पराजित गरेको छ । भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा मङ्गलबार भएको खेलमा कर्णालीले कोशीलाई १२७ रनले पराजित गरेको हो । कर्णालीको यो दोस्रो जित हो । २१९ रनको लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमै अलआउट भयो । कोशीका लागि चिराग साहले २५ रन बनाए । शकिब हकले १३ […]

Mar 18, 2025 - 09:56
 0
कर्णालीको दोस्रो जित, १२७ रनले हार्‍यो कोशी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीले कोशीलाई पराजित गरेको छ ।

भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा मङ्गलबार भएको खेलमा कर्णालीले कोशीलाई १२७ रनले पराजित गरेको हो । कर्णालीको यो दोस्रो जित हो ।

२१९ रनको लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमै अलआउट भयो ।

कोशीका लागि चिराग साहले २५ रन बनाए । शकिब हकले १३ र अङ्कित सुवेदीले १० रन बनाए ।

कर्णालीका लागि कर्णालीका लागि सुनिल धमला र दीपेन्द्र रावतले ३/३ विकेट लिए । दीवान पुनले २ तथा अनुज चनाराले १ विकेट लिए ।

यस्तै, टस जितेर ब्याटिङ रोजेको कर्णालीले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा २१८ रन बनाएको थियो ।

कर्णालीका लागि अर्जुन घर्तीले अर्धशतकीय पारी खेले । ९५ बलमा ११ चौका र २ छक्का प्रहार गरेका अर्जुन ८८ रनमा अविजित रहे । हिमान्शु शाहीले ४६ रन बनाए ।

कोशीका लागि विपिन महतोले ३ विकेट लिए । प्रकाश कार्की र दीपेश कँडेलले २/२ विकेट लिए । सुजन थपलिया र सर्वन किस्कुले १/१ विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register