दैलेखमा जीप दुर्घटना हुँदा सात जना घाइते
सुर्खेत । दैलेखमा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । बिहीबार दिउँसो नारायण नगरपालिकाबाट बेस्तडा बजार जाँदै गरेको कर्णाली प्रदेश क.प्र ०२ ००१ च ०५३५ नम्बरको जीप नारायण नगरपालिका–८ स्थित सिमाडामा दुर्घटना भएको हो । घाइते हुनेमा भगवतीमाई गाउँपालिका–२ का १८ वर्षीय दीपक बोहोरा, २४ वर्षीय अनिता रावत, ३ वर्षीय प्रकाश रावत, ३२ […]

सुर्खेत । दैलेखमा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
बिहीबार दिउँसो नारायण नगरपालिकाबाट बेस्तडा बजार जाँदै गरेको कर्णाली प्रदेश क.प्र ०२ ००१ च ०५३५ नम्बरको जीप नारायण नगरपालिका–८ स्थित सिमाडामा दुर्घटना भएको हो ।
घाइते हुनेमा भगवतीमाई गाउँपालिका–२ का १८ वर्षीय दीपक बोहोरा, २४ वर्षीय अनिता रावत, ३ वर्षीय प्रकाश रावत, ३२ वर्षीय गगना विक, ७० वर्षीय लालसरा बिक, ३० वर्षीय दीपक रावत, जुम्ला तिला गाउँपालिका–५का प्रकाश रावत र २४ वर्षीय रोजिना तिरुवा छन् ।
घाइतेलाई दैलेख अस्पताल लगिएको दैलेख ट्राफिक प्रहरी प्रमुख टोपबहादुर महताराले जानकारी दिए ।
What's Your Reaction?






