रास्वपाले केन्द्रीय अनुशासन आयोगमा थप्यो २ सदस्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) ले केन्द्रीय अनुशासन आयोगमा २ जना सदस्य थप गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले केन्द्रीय अनुशासन आयोगमा अधिवक्ता कमलप्रसाद पोखरेल र हरिचन्द्र भट्टराईलाई थप गरेको हो  । साथै, संगठन विभागमा धर्म केसी, गोपाल घिमिरे र डा. विमल तिवारीलाई मनोनीत गरिएको  रास्वपाले बैठकपछि आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो  […]

Dec 27, 2024 - 13:57
 0
रास्वपाले केन्द्रीय अनुशासन आयोगमा थप्यो २ सदस्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) ले केन्द्रीय अनुशासन आयोगमा २ जना सदस्य थप गरेको छ ।

शुक्रबार बसेको सचिवालय बैठकले केन्द्रीय अनुशासन आयोगमा अधिवक्ता कमलप्रसाद पोखरेल र हरिचन्द्र भट्टराईलाई थप गरेको हो  ।

साथै, संगठन विभागमा धर्म केसी, गोपाल घिमिरे र डा. विमल तिवारीलाई मनोनीत गरिएको  रास्वपाले बैठकपछि आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो  ।

यस्तै रास्वपा सचिवालय बैठकले केन्द्रीय समितिको विस्तारित बैठक समेत बोलाएको छ ।  पुस १९ देखि २१ गतेसम्म बस्ने गरी केन्द्रीय समितिको विस्तारित बैठक बोलाउने निर्णय गरेको हो । बैठकमा अन्य समसामयीक विषयमा समेत छलफल भएको बताइएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register