अमेरिकाले बन्द गर्‍यो युक्रेनसँग गुप्तचर जानकारी आदानप्रदान

काठमाडौं । अमेरिकाले युक्रेनसँग गुप्तचर जानकारी आदानप्रदान गर्न बन्द गरेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले बुधबार यसको पुष्टि गरेका हुन् । गुप्तचर जानकारी आदानप्रदानमा रोक लगाइएको बारेमा पत्रकारहरूले गरेको प्रश्नमा वाल्ट्जले भने, ‘हामी एक कदम पछि हटेका छौं ।’ ट्रम्प प्रशासनले युक्रेनसँगको सम्बन्धका सबै पक्षहरूमा विचार गरिरहेको उनले स्पष्ट पारे । यद्यपि, […]

Mar 6, 2025 - 05:02
 0
अमेरिकाले बन्द गर्‍यो युक्रेनसँग गुप्तचर जानकारी आदानप्रदान

काठमाडौं । अमेरिकाले युक्रेनसँग गुप्तचर जानकारी आदानप्रदान गर्न बन्द गरेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले बुधबार यसको पुष्टि गरेका हुन् ।

गुप्तचर जानकारी आदानप्रदानमा रोक लगाइएको बारेमा पत्रकारहरूले गरेको प्रश्नमा वाल्ट्जले भने, ‘हामी एक कदम पछि हटेका छौं ।’

ट्रम्प प्रशासनले युक्रेनसँगको सम्बन्धका सबै पक्षहरूमा विचार गरिरहेको उनले स्पष्ट पारे ।

यद्यपि, गुप्तचर जानकारी साझा गर्ने प्रतिबन्ध आङ्शिक हो वा पूर्ण र यो कति समयसम्म प्रभावकारी रहनेछ भन्ने विषय अझै स्पष्ट छैन ।

सन् २०२२ मा रुसले गरेको आक्रमणको प्रारम्भिक चरणदेखि नै अमेरिकाले युक्रेनसँग गुप्तचर जानकारी साझा गर्दै आएको छ ।

यसैबीच, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अर्को हप्ता पेरिसमा युरोपेली सेना प्रमुखहरूको बैठक आयोजनाको घोषणा गरेका छन् । टेलिभिजनमा सम्बोधन गर्दै उनले भने, ‘अब फ्रान्स अमेरिकी सहयोगबिना अगाडि बढ्न तयार हुनुपर्छ ।’

ट्रम्पको ‘अन्तिम’ चेतावनी : सबै बन्धकलाई तत्काल रिहा नगरे हमासका कुनै सदस्य सुरक्षित रहने छैनन्

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register