मेची क्याम्पसमा छात्रावास सञ्चालन, विद्यार्थीमैत्री पहल आवश्यक

भद्रपुर, १५ पुस । यहाँस्थित मेची बहुमुखी क्याम्पसको छात्रावास सञ्चालनमा आएको छ । यही पूस १० गतेदेखि पहिलो चरणमा ६ जना छात्रा सो छात्रावासमा बस्न थालेका हुन् । क्याम्पसको महिला छात्रावास व्यवस्थापन समितिका अध्यक्ष एवम् विद्यार्थी कल्याण प्रमुख उप–प्रा. डम्बर रेग्मीका अनुसार, समितिले छात्रावासमा बस्न चाहने विद्यार्थीहरूबाट आवेदन आह्वान गरेपछि २८ जनाले आवेदन दिएका थिए [...] The post मेची क्याम्पसमा छात्रावास सञ्चालन, विद्यार्थीमैत्री पहल आवश्यक appeared first on Jhapa Online.

Dec 30, 2024 - 01:46
 0
मेची क्याम्पसमा छात्रावास सञ्चालन, विद्यार्थीमैत्री पहल आवश्यक

भद्रपुर, १५ पुस । यहाँस्थित मेची बहुमुखी क्याम्पसको छात्रावास सञ्चालनमा आएको छ । यही पूस १० गतेदेखि पहिलो चरणमा ६ जना छात्रा सो छात्रावासमा बस्न थालेका हुन् ।

क्याम्पसको महिला छात्रावास व्यवस्थापन समितिका अध्यक्ष एवम् विद्यार्थी कल्याण प्रमुख उप–प्रा. डम्बर रेग्मीका अनुसार, समितिले छात्रावासमा बस्न चाहने विद्यार्थीहरूबाट आवेदन आह्वान गरेपछि २८ जनाले आवेदन दिएका थिए । त्यसमध्येका आवेदकहरू सम्पर्कमा रहेकाले अब क्रमशः अन्य छात्राहरू पनि बस्न थाल्ने उनले बताए ।

करीब २ वर्ष अघि नवनिर्मित २ तले छात्रावास ४२ जना विद्यार्थी बस्न सक्ने क्षमताको रहेको बताएका अध्यक्ष रेग्मीका अनुसार, एउटा कोठामा २ जनाका लागि २ वटा लो–बेड, २ वटा कुर्सी, २ वटा लकर सहितको दराज–कम–स्टडी टेबल तथा विद्युत, इन्टरनेट (वाई–फाई) र पानीको सुविधा छ । छात्रावासका लागि प्रत्येक विद्यार्थीले प्रवेश शुल्क ३ सय तिर्नु पर्छ भने धरौटीस्वरुप ५ हजार रुपैयाँ बुझाउनु पर्छ । प्रति विद्यार्थी मासिक १ हजार रुपैयाँ शुल्क तय गरिएको कोठामा पर्दा र डस्टविन पनि उपलब्ध गराइएको छ । छात्रावासको गेटमा गार्डको व्यवस्था गरिएको छ ।

होस्टलमा बस्ने विद्यार्थीले हाल आफैं खाना पकाएर खाने गर्दैछन् । केही समय अघि मेस सञ्चालनका लागि गरिएको आह्वानपछि प्रति छाक सादा खानाको मूल्य ९० रुपैयाँभन्दा कम गर्न नसकिने कुरा स्थानीय होटल व्यवसायीबाट आएको क्याम्पसका सामान्य प्रशासन प्रमुख हेम प्रसाईंले बताए । सो छलफलपछि विद्यार्थीले आफूहरूलाई महंगो पर्न जाने बताएका थिए भने विद्यार्थीको संख्या ४० जनाभन्दा कम भएको अवस्थामा आफूहरूलाई नपोसाउने व्यवसायीहरूले बताएको पनि उनले जानकारी दिए ।

छात्रावास भवनको माथ्लो तला र तल्लो तलामा गरी २ वटा ठूला रिडिङ रूम, भूइँ तलामा २ वटा किचन र एउटा डाइनिङ रूम, माथ्लो र तल्लो तलामा ३÷३ वटा बाथरूम र ३÷३ वटै शौचालय, लुगा धुने धारा सहितको छुट्टै पटांगिनी रहेको छ । क्याम्पस–प्रमुख जीवन पोखरेलबाट प्राप्त जानकारी अनुसार, नेपाल सरकारले त्रिभुवन विश्वविद्यालयको युनिभर्सिटी ग्रान्ट कमिसन (यूजीसी) मार्फत उपलब्ध गराएको बजेटबाट छात्रावास भवन निर्माण भएको हो । छात्रावास भवनको निर्माण लागत ३ करोड ७७ लाख रुपैयाँभन्दा केही बढी रहेको छ ।

क्याम्पस परिसरकै उत्तर तर्फ भने मरम्मत–सम्भारविहीन अवस्थामा छात्रहरूको आवास छ । जीर्ण हालतमा पुगिसकेको ६ कोठे सो १ तले भवनमा पनि केही विद्यार्थी बस्दै आएको उनले बताए । स्मरणीय के छ भने, यस अघिका क्याम्पस–प्रमुख कमल गुरागाईंले केही प्राध्यापकको समेत सहयोग लिएर आफ्नै कार्यकालमा गरेको निरन्तर पहलपछि तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाले छात्रावास भवन निर्माणका लागि बजेट निकासा गरिदिएका थिए ।

सरकारी अनुदानमा निर्मित छात्रावासको क्षमता अनुसार क्याम्पस प्रशासनले विद्यार्थीहरूलाई यथाशक्य सहुलियत दरमा कोठा उपलब्ध गराउन आवश्यक रहेको अभिभावक वर्गको प्रतिक्रिया पाइएको छ । क्याम्पसले विद्यार्थीहरूलाई कोठा भाडामा लगाएर नाफा कमाउने सोच नराखी सो भवनको व्यवस्थापन गर्नसम्म पुग्नेगरी शुल्क तय गरिनु उपयुक्त हुने विद्यार्थी नेताहरूले पनि बताएका छन् । अधिकतम सहुलियत दर निर्धारण गर्ने बित्तिकै विद्यार्थीहरू छात्रावासमा बस्न आकर्षित हुने र सबै कोठाहरू भाडामा लागेपछि मेस सञ्चालन गर्न समेत सहज भई विद्यार्थीहरू लाभान्वित बन्ने छन् । मूलतः अधिकतम विद्यार्थीहरूले छात्रावास भवनको उपयोग गरुन् भन्ने तर्फ क्याम्पस प्रशासनको ध्यान जान र पहल गर्न नितान्त जरुरी छ । साप्ताहिक समाचारबाट

The post मेची क्याम्पसमा छात्रावास सञ्चालन, विद्यार्थीमैत्री पहल आवश्यक appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register