शिक्षकहरूलाई वार्तामा आउन शिक्षा मन्त्रालयको आग्रह

काठमाडौँ, १२ वैशाख। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन पुनः आग्रह गरेको छ । शिक्षा सचिव दीपक काफ्लेले एक सूचना जारी गर्दै वार्तामा आउन आग्रह गरेका हुन् । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले गर्दै आएको आन्दोलनप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाए । विद्यालय शिक्षा विधेयक निर्दिष्ट समयमा पारित गर्ने वातावरण सिर्जना गर्दै [...] The post शिक्षकहरूलाई वार्तामा आउन शिक्षा मन्त्रालयको आग्रह appeared first on Jhapa Online.

Apr 25, 2025 - 09:07
 0
शिक्षकहरूलाई वार्तामा आउन शिक्षा मन्त्रालयको  आग्रह

काठमाडौँ, १२ वैशाख। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन पुनः आग्रह गरेको छ । शिक्षा सचिव दीपक काफ्लेले एक सूचना जारी गर्दै वार्तामा आउन आग्रह गरेका हुन् ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले गर्दै आएको आन्दोलनप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाए । विद्यालय शिक्षा विधेयक निर्दिष्ट समयमा पारित गर्ने वातावरण सिर्जना गर्दै शिक्षकहरूको हकहित प्रवर्द्धन गरी उपयुक्त निकास निकाल्न मन्त्रालय सदैव प्रयत्नशील रहेको उनको भनाइ छ । विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने शिक्षक तथा कर्मचारीको चासो र अपेक्षा रहनु स्वाभाविकै रहेको मन्त्रालयले जनाएको छ ।

विधेयक संसदमा पेस हुने, छलफल हुने र स्वीकृत हुने निश्चित विधायकी एवम् कानुनी बन्दोबस्त रहेको मन्त्रालयले जनाएको छ । शिक्षकहरूसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न वार्ताका लागि नेपाल शिक्षक महासङ्घलाई अनुरोध गरेको हो ।

यसअघि समेत शिक्षा सचिव काफ्लेले वार्ताका लागि पत्राचार गरेका थिए । त्यसपछि निवर्तमान शिक्षामन्त्री विद्या भट्टराई र आन्दोलनरत शिक्षकहरूबिच छलफल भएको थियो ।

छलफलपछि शिक्षा मन्त्रालयले सरकारको तर्फबाट सम्बोधन गर्न सकिने ७ बुँदे प्रस्ताव तयार पारेको थियो । ती प्रस्तावहरू मन्त्रिपरिषद्मा पेस गर्ने शिक्षा मन्त्रालयको तयारी थियो । तर, शिक्षामन्त्री भट्टराईले त्यही दिन पदबाट राजीनामा दिएकी थिइन्।

The post शिक्षकहरूलाई वार्तामा आउन शिक्षा मन्त्रालयको आग्रह appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register