बिर्तामोड–७ को धानमिलमा आगलागी हुँदा २५ लाखको क्षति
बिर्तामोड, १६ पुस । झापाको बिर्तामोड नगरपालिका–७ स्थित मियाबाडीमा आज बिहान ३ः३० बजे विद्युत सर्ट हुँदा धान मिलमा आगलागी भएको छ। मिलको आगो गाईगोठमा सल्किएपछि बाँधिएका गाई, बाछा, र बाख्रा जलेर मृत्यु भएको छ। साथै, मिलमा प्रयोग हुने उपकरणहरू, धान र अन्य सामग्रीहरू जलेर पूर्ण रूपमा नष्ट भएका छन्। बिर्तामोड–७ का अध्यक्ष अविरल कृष्ण खरेलका [...] The post बिर्तामोड–७ को धानमिलमा आगलागी हुँदा २५ लाखको क्षति appeared first on Jhapa Online.

बिर्तामोड, १६ पुस । झापाको बिर्तामोड नगरपालिका–७ स्थित मियाबाडीमा आज बिहान ३ः३० बजे विद्युत सर्ट हुँदा धान मिलमा आगलागी भएको छ।
मिलको आगो गाईगोठमा सल्किएपछि बाँधिएका गाई, बाछा, र बाख्रा जलेर मृत्यु भएको छ। साथै, मिलमा प्रयोग हुने उपकरणहरू, धान र अन्य सामग्रीहरू जलेर पूर्ण रूपमा नष्ट भएका छन्।
बिर्तामोड–७ का अध्यक्ष अविरल कृष्ण खरेलका अनुसार आगलागीबाट करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो ।
The post बिर्तामोड–७ को धानमिलमा आगलागी हुँदा २५ लाखको क्षति appeared first on Jhapa Online.
What's Your Reaction?






