स्टारलिंकलाई उछिन्दै सिक्सजीमा चीनले रच्यो इतिहास, १०० जीबीपीएसमा डेटा ट्रान्सफर गरेको दाबी
काठमाडौं । चीनले अन्तरिक्षबाट जमिनमा लेजर सन्देश पठाउने नयाँ प्रविधि विकास गरेको दाबी गरेको छ । यो प्रविधिलाई छिट्टै आउने छैटौँ पुस्ताको सञ्चार प्रविधि (सिक्सजी) का लागि महत्त्वपूर्ण कदम मानिएको छ । चिनियाँ सरकारी मिडिया साउथ चाइना मर्निङ पोष्ट (एससीएमपी) का अनुसार चीनले स्पेसएक्सको स्टारलिंकलाई उछिनेको दाबी गरेको छ । कमर्सियल स्याटलाइट कम्पनी चाङ गुआङ स्याटलाइट टेक्नोलोजीले आफ्नो जिलिन-१ स्याटलाइट समूहको एउटा स्याटलाइटबाट ट्रकमा राखिएको जमिन स्टेसनमा प्रति सेकेण्ड १०० गिगाबिटको दरमा डेटा पठाएको जानकारी दिएको छ । यो रफ्...

What's Your Reaction?






