दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिलाई पक्राउ गर्न निवासमा पुग्यो प्रहरी
काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक–योललाई पक्राउ गर्न प्रहरीको टोली उनको निवासमा पुगेको छ । तर, पक्राउ गर्न सकेको छैन । यस गिरफ्तारीको विरोधमा समर्थकहरु ठूलो सङ्ख्यामा भेला भएका छन् । योलको सुरक्षा बलले प्रहरीलाई उनीसम्म पुग्नबाट रोकेको छ। वास्तवमा युनले ३ डिसेम्बरको रातमा अचानक मार्शल लको घोषणा गरेका थिए। यसको विरोधमा देशैभर […]

काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक–योललाई पक्राउ गर्न प्रहरीको टोली उनको निवासमा पुगेको छ ।
तर, पक्राउ गर्न सकेको छैन ।
यस गिरफ्तारीको विरोधमा समर्थकहरु ठूलो सङ्ख्यामा भेला भएका छन् ।
योलको सुरक्षा बलले प्रहरीलाई उनीसम्म पुग्नबाट रोकेको छ।
वास्तवमा युनले ३ डिसेम्बरको रातमा अचानक मार्शल लको घोषणा गरेका थिए। यसको विरोधमा देशैभर चर्को विरोध भएको थियो ।
युनलाई महाभियोग लगाइएको थियो र त्यसपछि यस हप्ताको सुरुमा उनको विरुद्ध पक्राउ वारेन्ट जारी गरिएको थियो।
युनलाई राष्ट्रपतिको शक्तिको दुरुपयोग र विद्रोहलाई उक्साएको घटनाको अनुसन्धान गरिरहेका अधिकारीहरूसामु उपस्थित हुन बोलाइएको थियो । तर, उनले जवाफ दिन मानेनन् ।
अहिले उनलाई पक्राउ गर्न करिब २० प्रहरी अधिकारीको टोली युन सुक–योलको घर पुगेको छ ।
युनका वकिलले यो ‘अवैध गिरफ्तारी वारेन्ट’लाई चुनौती दिने बताएका छन्।
What's Your Reaction?






