तीन इजरायली र पाँच थाई बन्धकसँग एक हजार ९०० प्यालेष्टिनी बन्दी आदानप्रदान
एजेन्सी । इजरायल र प्यालेष्टिनी इस्लामी समूह (हमास)ले गाजा युद्ध अन्त्य गर्ने उद्देश्यले भएको युद्धविराम सम्झौताअन्तर्गत बिहीबार तीन इजरायली र पाँच थाई बन्धकसँग तेस्रो पटक बन्धक÷बन्दी आदानप्रदान गर्ने तयारी भएको छ । चौथो आदानप्रदान सप्ताहन्तका लागि तय गरिएको छ । हमासले बुधबार इजरायलले सहायता वितरण रोकेर सम्झौतालाई खतरामा पारेको आरोप लगाएको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको […]

एजेन्सी । इजरायल र प्यालेष्टिनी इस्लामी समूह (हमास)ले गाजा युद्ध अन्त्य गर्ने उद्देश्यले भएको युद्धविराम सम्झौताअन्तर्गत बिहीबार तीन इजरायली र पाँच थाई बन्धकसँग तेस्रो पटक बन्धक÷बन्दी आदानप्रदान गर्ने तयारी भएको छ ।
चौथो आदानप्रदान सप्ताहन्तका लागि तय गरिएको छ । हमासले बुधबार इजरायलले सहायता वितरण रोकेर सम्झौतालाई खतरामा पारेको आरोप लगाएको छ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले बिहीबार रिहा हुने तीन जना इजरायली नागरिक अरबेल येहुद, अगम बर्जर र गादी मोसेसको पहिचान गरेको छ ।
बुधबार साँझ एक वक्तव्य जारी गर्दै मोसेस परिवारले ‘हाम्रा प्रिय गादीको पुनरागमनको अद्भुत खबर निकै उत्साहका साथ प्राप्त भएको’ जनाएको छ ।
जनवरी १९ मा लागू भएको युद्धविराम सम्झौता अनुसार सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणका क्रममा इजरायलबाट बन्धक बनाइएका व्यक्तिहरूको रिहाइका लागि बदलामा इजरायली हिरासतमा रहेका एक हजार ९०० व्यक्तिहरू (अधिकांश प्यालेस्टिनी) लाई रिहा गर्ने सहमति भएको छ ।
हमासले हालसम्म सात जना इजरायली बन्धकलाई रिहा गरिसकेको छ भने बदलामा इजरायलले २९० जना प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ । ‘प्यालेस्टाइन प्रिजनर्स क्लब एड्भोकेसी ग्रुप’का अनुसार हमासले तीन जना इजरायलीलाई बिहीबार रिहा गर्दा बदलामा इजरायलले ११० जना प्यालेष्टिनी कैदीलाई रिहा गर्न लागेको हो ।
नेतन्याहूको कार्यालयले शनिबार हुने अर्को अदलाबदलीमा थप तीन जना इजरायली नागरिकलाई रिहा गरिने जनाएको छ । एएफपी
What's Your Reaction?






