अष्ट्रेलियासामु भारत निरीह, पहिलो इनिङ्समा १८५ रन बनाएर अलआउट

काठमाडौं । सिड्नीमा जारी पाँचौं टेस्ट क्रिकेटमा भारतले घरेलु टोली अष्ट्रेलियासामु पहिलो इनिङ्समा १८५ रन बनाएको छ । भारतीय खेलाडीहरू सुरुदेखि नै अष्ट्रेलियन बलरसामु निरीह रहे । ७२.२ ओभरमा अलआउट हुँदै १८५ रन बनाए । भारतका लागि ऋषभ पन्त ४० रन, जसप्रित बुमराह २२ रन, यशस्वी जैसवाल १० रन, केएल राहुल ४ रन, शुभमन गिल […]

Jan 3, 2025 - 06:47
 0
अष्ट्रेलियासामु भारत निरीह, पहिलो इनिङ्समा १८५ रन बनाएर अलआउट

काठमाडौं । सिड्नीमा जारी पाँचौं टेस्ट क्रिकेटमा भारतले घरेलु टोली अष्ट्रेलियासामु पहिलो इनिङ्समा १८५ रन बनाएको छ ।

भारतीय खेलाडीहरू सुरुदेखि नै अष्ट्रेलियन बलरसामु निरीह रहे । ७२.२ ओभरमा अलआउट हुँदै १८५ रन बनाए ।

भारतका लागि ऋषभ पन्त ४० रन, जसप्रित बुमराह २२ रन, यशस्वी जैसवाल १० रन, केएल राहुल ४ रन, शुभमन गिल २० रन, विराट कोहली १७ रन, रविन्द्र जडेजा २६ रन, प्रसिद्ध कृष्ण ४ रन, वासिङ्टन सुन्दर १४ रन र नितिश कुमार रेड्डी एक रन बनाउन नसकेर आउट भए ।

अष्ट्रेलियाका लागि स्कट बोल्याण्डले ४ विकेट लिएका छन् । मिचेल स्टार्कले ३ तथा कप्तान प्याट कमिन्सले २ विकेट लिएका छन् ।

सिरिजमा अष्ट्रेलिया २-१ ले अगाडि रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register