आज राति अत्यधिक मात्रामा उल्का वर्षा हुने, नेपालबाट पनि प्रष्ट देखिने
काठमाडौं । आज राति अत्यधिक मात्रामा उल्का वर्षा देखिने भएको छ । नेपाल एस्ट्रानोमिकल सोसाइटी (नासो)ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सन् २०२५ को पहिलो उल्का वर्षा हुने जानकारी दिएको हो । ती उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई भूतप उल्का वर्षा नाम दिइएको छ । १३ देखि २८ पुससम्म सक्रिय रहने यस उल्का वर्षा आज राति आफ्नो उच्चतम् बिन्दुमा हुनेछ । प्रति घण्टा ५० देखि १२० ओटासम्म उल्का वर्षा देखिने अनुमान गरिएको छ । जुन पृथ्वीको वायुमण्डलमा करिब ७० किलोमिटर माथि आगोका झिल्काजस्तै...

What's Your Reaction?






