सचिनको दाहसंस्कार, शरीरमा इन्फेक्सन फैलिएकोले आँखा दान गर्ने बाबुको इच्छा अपूरो

काठमाडौं । हिजो निधन भएका भाइरल बालकलाकार सचिन परियारको अन्त्येष्टि गरिएको छ । पशुपतिमा आर्यघाटस्थित विद्युतीय शव दाहगृहमा शुक्रबार दाहसंस्कार गरिएको हो । सचिनलाई दाहसंस्कारका लागि हिजै पशुपति पुर्‍याइएपनि गाउँबाट हजुरबुबालगायत आफन्त आउन समय लागेकाले शुक्रबार दाहसंस्कार गरिएको हो । बाबु तेजेन्द्र परियारले मृतक सचिनको आँखा दान गर्ने इच्छा राखेका थिए । ‘छोराको आँखाले अरूले […]

Jan 3, 2025 - 09:17
 0
सचिनको दाहसंस्कार, शरीरमा इन्फेक्सन फैलिएकोले आँखा दान गर्ने बाबुको इच्छा अपूरो

काठमाडौं । हिजो निधन भएका भाइरल बालकलाकार सचिन परियारको अन्त्येष्टि गरिएको छ । पशुपतिमा आर्यघाटस्थित विद्युतीय शव दाहगृहमा शुक्रबार दाहसंस्कार गरिएको हो ।

सचिनलाई दाहसंस्कारका लागि हिजै पशुपति पुर्‍याइएपनि गाउँबाट हजुरबुबालगायत आफन्त आउन समय लागेकाले शुक्रबार दाहसंस्कार गरिएको हो ।

बाबु तेजेन्द्र परियारले मृतक सचिनको आँखा दान गर्ने इच्छा राखेका थिए । ‘छोराको आँखाले अरूले संसार हेरुन् भन्ने चाहना छ’ भन्दै दान गर्न चाहेका थिए ।

डलरको दाउमा बालकको बलिदान, दाताको सहयोग हिनामिनापछि सचिनको दुःखद् अवसान !

तर, आँखा दानको प्रक्रियाका लागि आएका स्वास्थ्यकर्मीले सचिनको रिपोर्ट हेरे । सचिनको पूरै शरीरमा इन्फेक्सन फैलिएको र आँखा पनि स्वस्थ नरहेको निष्कर्षपछि दान प्रक्रिया अघि बढ्न पाएन ।

सचिनमा मस्तिष्कमा पानी जम्ने समस्या थियो । चिकित्सकका अनुसार उनलाई ‘डाइबिटिज इन्सिपिडसको’ भएको थियो । त्यो भनेको मिर्गौलाले अत्यधिक मात्रामा पिसाब बनाउने गर्थ्यो । त्यो समस्या गढेपछि पुरै शरीरमा इन्फेक्सन फैलिएको पाइएको हो ।

भाइरल बालगायक सचिन परियारको निधन

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register