रोयल्टी र आरटीडीएफ शुल्क बुझाउन पुस मसान्तको अल्टिमेटम, किस्ताबन्दीको माग गर्दै आईएसपीहरू
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायकहरूलाई पुस मसान्तभित्र रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) रकम बुझाउन ताकेता गरेको छ । बिहीबार सूचना जारी गर्दै प्राधिकरणले सेवाप्रदायकलाई कुल आम्दानीमा नियमानुसार लाग्ने दस्तुर तिर्न आग्रह गरेको हो । विगतमा मर्मत सम्भार शुल्कमा कर नलाग्ने भन्दै सेवाप्रदायकहरूले रोयल्टी र आरटीडीएफ दस्तुर तिरेका थिएनन् । तर सर्वोच्च अदालतले मर्मत सम्भार शुल्क पनि करयोग्य हुने फैसला गरेपछि प्राधिकरणले बक्यौता असुल गर्न थालेको हो । दूरसञ्चार नियमावली, २०५४ मा सेवाप्र...

What's Your Reaction?






