ऋषिकेशलाई तनाव : ठगी आरोप लागेपछि स्वकीय सचिव निकाले, श्रीमतीलाई के गर्लान् ?

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई एकपछि अर्को तनावले छाडेको छैन । पत्नी अञ्जला कोइरालालाई अघि सारेर खोलेको उमागौरी कृषि सहकारीबाट रकम अपचलन गरेको आरोपमा मुछिएका उनी अहिले स्वकीय सचिवको बदमासीले तनावमा छन् । पत्नी अञ्जला सहकारी ठगीमा मुछिएर फरार रहेको अवस्थामा स्वकीय सचिव अनिलकुमार पोखरेल पनि अर्को ठगी प्रकरणमा मुछिएका छन् […]

Jan 3, 2025 - 10:08
 0
ऋषिकेशलाई तनाव : ठगी आरोप लागेपछि स्वकीय सचिव निकाले, श्रीमतीलाई के गर्लान् ?

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई एकपछि अर्को तनावले छाडेको छैन ।

पत्नी अञ्जला कोइरालालाई अघि सारेर खोलेको उमागौरी कृषि सहकारीबाट रकम अपचलन गरेको आरोपमा मुछिएका उनी अहिले स्वकीय सचिवको बदमासीले तनावमा छन् ।

पत्नी अञ्जला सहकारी ठगीमा मुछिएर फरार रहेको अवस्थामा स्वकीय सचिव अनिलकुमार पोखरेल पनि अर्को ठगी प्रकरणमा मुछिएका छन् ।

सहकारीबाट कर्जा लिएका ऋणीका कागजपत्र बैंक तथा वित्तीय संस्थामा राखेर ऋण लिएर करिब ११ करोड हिनामिना गरेपछि पोखरेल पत्नी अन्जला कोइराला फरार छिन् ।

शिक्षिकासमेत रहेकी पत्नी फरार छिन् । घर सल्लाहमा भगाइएकी पत्नीको बिदा स्वीकृत गराउन स्कूललाई दबाब दिइरहेका पोखरेललाई फेरि अर्को तनावले घेरेको हो ।

स्वकीय सचिव तथा एमाले मोरङ जिल्ला कमिटी सदस्य अनिलकुमार पोखरेलमाथि ठगी मुद्दामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले परमादेश जारी गरेको छ ।

स्वकीय सचिव पोखरेलले एबीबीबीएसमा नाम निकालिदिने आश्वासन दिएर ३८ लाख रुपैयाँभन्दा ठगी गरेको कुरा बाहिरिएपछि सभापति पोखरेलले शुक्रबार पदबाट निकालेका छन् ।

स्वकीय सचिव पोखरेललाई ठगीमा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले २०८१ भदौमै जिल्ला प्रहरी कार्यालय मोरङलाई परमादेश दिएको थियो । तर, उच्च अदालतको परमादेशपछि पनि ऋषिकेशले अनिललाई सहयोगीमा रूपमा यथावत् राखेका थिए ।

यो प्रकरणको पुस ११ गते प्रमाणीकरण भएसँगै सभापति पोखरेले बल्ल शुक्रबार पदबाट हटाएका हुन् । अदालतले परमादेश दिए पनि सभापति पोखरेलले शुक्रबारसम्म अनिललाई स्वकीयका रूपमा यथावत् राखेको खुलेको छ । समाचार प्रकाशन भए पनि मात्रै उनले पदबाट हटाएका हुन् ।

ठगीको विषय समाचारमा आएपछि स्वकीय सचिवबाट हटाएका सभापति पोखरेलले ठगी प्रकरणमा फरार रहेकी पत्नी अञ्जला कोइरालाको स्कूल बिदा थपको निवेदन भने पठाएका छन् । पत्नी कोइराला विराटनगरको महेन्द्र रात्रि माविकी शिक्षिका हुन् ।

श्रीमतीको नामको निवेदन विद्यालयका प्रधानाध्यापक झङ्कनाथ पराजुलीलाई पठाएका हुन् ।

उनीसहित २६ जनालाई प्रतिवादी बनाएर सहकारी ऐन अन्तर्गत मुद्दा दायर भएपछि कोइराला विद्यालयबाट बिदा लिएर बसेकी थिइन् । उनको बिदा अघिल्लो शुक्रबार सकिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register