सबै नेताको सम्पत्ति छानबिन गर्न हरि ढकालको माग, भने- ‘अनुसन्धान गरे कसैको पनि टाउको लुकाउने ठाउँ भेटिँदैन’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सबै नेताहरुको सम्पत्ति छानबिन गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ढकालले २०४७ सालयताका सबै नेताको सम्पत्ति छानबिन गर्न पुनः माग गरेका हुन् ।  ढकालले यदि २०४७ सालयताका सबै नेताको सम्पत्ति छानबिन गर्ने हो भने कसैले पनि टाउको लुकाउने ठाउँ नभेटिने बताएका छन् […]

Feb 25, 2025 - 11:08
 0
सबै नेताको सम्पत्ति छानबिन गर्न हरि ढकालको माग, भने- ‘अनुसन्धान गरे कसैको पनि टाउको लुकाउने ठाउँ भेटिँदैन’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सबै नेताहरुको सम्पत्ति छानबिन गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ढकालले २०४७ सालयताका सबै नेताको सम्पत्ति छानबिन गर्न पुनः माग गरेका हुन् । 

ढकालले यदि २०४७ सालयताका सबै नेताको सम्पत्ति छानबिन गर्ने हो भने कसैले पनि टाउको लुकाउने ठाउँ नभेटिने बताएका छन् ।

त्यस्तै, उनले आफ्नो पार्टीका सभापतिमाथि सरकारले प्रतिशोध साँधेर सम्पत्ति शुद्धिकरण, सहकारी ठगी, संगठित अपराध लगायतका कसुरमा मुद्दा लगाएको पनि उल्लेख गरेका छन् । साथै पार्टी सभापति रवि लामिछानेमाथि गरिएको अनुसन्धानमध्ये थोरै मात्र अनुसन्धान नेताहरुमाथि गर्ने हो कसैले पनि टाउको लुकाउने ठाउँ नभेट्ने ढकालले बताएका छन् । 

सँगै ढकालले लगातार शासनमा बसेकाहरुले देशलाई भ्रष्टाचारको दलदलमा चुर्लुम्म डुबाएको पनि टिप्पणी गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register