साढे १३ हजार करोड घोटाला : मेहुल चोक्सी बेल्जियममा पक्राउ

काठमाडौं । फरार हीरा व्यापारी मेहुल चोक्सी बेल्जियममा पक्राउ परेका छन् । अल इन्डिया रेडियोका अनुसार यो गिरफ्तारी केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) को अनुरोधमा गरिएको हो । समाचार एजेन्सी पीटीआईले सोमबार आधिकारिक स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ, “यो कारबाही शनिबार व्यापारी मेहुल चोक्सीविरुद्ध गरिएको थियो ।” चोक्सी र उनका भतिजा नीरव मोदीमाथि सरकारी बैङ्क पञ्जाब […]

Apr 14, 2025 - 06:30
 0
साढे १३ हजार करोड घोटाला : मेहुल चोक्सी बेल्जियममा पक्राउ

काठमाडौं । फरार हीरा व्यापारी मेहुल चोक्सी बेल्जियममा पक्राउ परेका छन् ।

अल इन्डिया रेडियोका अनुसार यो गिरफ्तारी केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) को अनुरोधमा गरिएको हो ।

समाचार एजेन्सी पीटीआईले सोमबार आधिकारिक स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ, “यो कारबाही शनिबार व्यापारी मेहुल चोक्सीविरुद्ध गरिएको थियो ।”

चोक्सी र उनका भतिजा नीरव मोदीमाथि सरकारी बैङ्क पञ्जाब नेशनल बैङ्कबाट लगभग १३ हजार ५०० करोड रुपैयाँ हिनामिना गरेको आरोप छ ।

स्रोतले भन्यो, “भारतीय एजेन्सीहरू, प्रवर्तन निर्देशनालय र सीबीआईले बेल्जियमबाट व्यापारी मेहुल चोक्सीको सुपुर्दगीको लागि यो कदम चालेको छ ।”

सन् २०१८ को सुरुवातमा पञ्जाब नेशनल बैङ्कमा हजारौं करोड रुपैयाँको घोटाला बाहिर आएको थियो । यस घोटालामा हीरा व्यापारी नीरव मोदीबाहेक उनकी श्रीमती आइमी, उनका भाइ निशाल र काका मेहुल चोक्सी मुख्य अभियुक्त हुन् ।

नीरव हाल लन्डनको जेलमा छन् र उनको जमानत निवेदन धेरै पटक खारेज भइसकेको छ । उनी भारत सुपुर्दगीविरुद्ध कानुनी लडाइँ लडिरहेका छन् ।

बैङ्कले दाबी गरेको छ, “यी सबै आरोपीहरूले बैङ्कका अधिकारीहरूसँग मिलेर षड्यन्त्र रचेका थिए र बैङ्कलाई नोक्सान पुर्‍याएका थिए ।”

पञ्जाब नेशनल बैङ्कले पहिलो पटक जनवरी २०१८ मा नीरव, चोक्सी र उनीहरूका सहयोगीहरू विरुद्ध उजुरी दर्ता गरेको थियो । यस उजुरीमा उनीमाथि २८० करोड रुपैयाँ घोटाला गरेको आरोप लगाइएको थियो ।

१४ फेब्रुअरीमा आन्तरिक अनुसन्धान पूरा भएपछि पञ्जाब नेशनल बैङ्कले बम्बई स्टक एक्सचेन्जलाई ठगीको बारेमा जानकारी गराएको थियो ।

रिपोर्टका अनुसार यो भारतको सबैभन्दा ठूलो बैङ्किङ घोटाला थियो । यस मुद्दामा चोक्सी र उनका भतिजा नीरव मोदी अभियुक्त छन् । सीबीआई र प्रवर्तन निर्देशनालय (ईडी) ले चोक्सीलाई खोजिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register