कुलमानलाई उर्जा मन्त्रालयको प्रश्न- ‘तपाईंलाई पदबाट किन नहटाउने ?’  

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले कुलमानलाई ‘तपाईंलाई पदबाट किन नहटाउने ?’ भन्दै स्पष्टीकरण सोधेको हो ।  मन्त्रालयका अनुसार कुलमानले कार्य सम्पादन सम्झौताअनुसार भदौ महिनाभित्र कार्य सम्पादन मूल्यांकनका लागि चाहिने विवरण अझै बुझाएका छैनन् ।  सोही विवरणका आधारमा मन्त्रालयको समितिले कार्य सम्पादन मूल्याङ्कन […]

Jan 7, 2025 - 03:26
 0
कुलमानलाई उर्जा मन्त्रालयको प्रश्न- ‘तपाईंलाई पदबाट किन नहटाउने ?’  

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले कुलमानलाई ‘तपाईंलाई पदबाट किन नहटाउने ?’ भन्दै स्पष्टीकरण सोधेको हो । 

मन्त्रालयका अनुसार कुलमानले कार्य सम्पादन सम्झौताअनुसार भदौ महिनाभित्र कार्य सम्पादन मूल्यांकनका लागि चाहिने विवरण अझै बुझाएका छैनन् । 

सोही विवरणका आधारमा मन्त्रालयको समितिले कार्य सम्पादन मूल्याङ्कन गर्छ । कार्य सम्पादन मूल्यांकनमा ५० प्रतिशत भन्दा कम अंक ल्याएमा कार्यकारी निर्देशकलाई पदबाट हटाउन सकिने व्यवस्था छ । तर, सम्झौता अनुसार मन्त्रालयमा विवरण नबुझाएको भन्दै मन्त्रालयले कुलमानलाई स्पष्टीकरण सोधेको हो । 

कुलमानलाई मन्त्रालयले सोधेको स्पष्टीकरणमा मन्त्रिपरिषद्को निर्णय अवज्ञा गरेको, डेडिकेटेड फिडरको विवादमा मन्त्रालयले गठन गरेको प्राविधिक समितिलाई सहयोग नगरेको र सञ्चालक समितिको माइन्युटमा नोट अफ डिसेन्ट लेखेको लगायत विषय उल्लेख गरिएका छन् । मन्त्रालयले कुलमानलाई ९ बुँदे स्पष्टीकरण सोधेको छ । 

यता कुलमानले भने आफूलाई मन्त्रिपरिषद्ले नियुक्त गरेकोले प्राधिकरणबाट किन नहटाउने ? भन्ने स्पष्टीकरण सोध्ने अधिकार पनि मन्त्रिपरिषद्लाई मात्रै भएको प्रतिक्रिया दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register