चीनमा भूकम्प : मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो, १३० जना घाइते (फोटो/भिडिओ)

काठमाडौं । चीनमा मङ्गलबार बिहान गएको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ । सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा मङ्गलबार नेपाली समयअनुसार बिहान ६:५० बजे ७ म्याग्निच्युडको भूकम्प गएको थियो । पछिल्लो अपडेटअनुसार भूकम्पबाट १३० जना घाइते भएको सिन्ह्वाले जनाएको छ । साथै, भूकम्पबाट केही घरहरूमा क्षति पुगेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । […]

Jan 7, 2025 - 08:35
 0
चीनमा भूकम्प : मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो, १३० जना घाइते (फोटो/भिडिओ)

काठमाडौं । चीनमा मङ्गलबार बिहान गएको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ ।

सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा मङ्गलबार नेपाली समयअनुसार बिहान ६:५० बजे ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

पछिल्लो अपडेटअनुसार भूकम्पबाट १३० जना घाइते भएको सिन्ह्वाले जनाएको छ । साथै, भूकम्पबाट केही घरहरूमा क्षति पुगेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।

राष्ट्रपति सी चिनफिङले ज्यान जोगाउन र हताहत कम गर्न सबै प्रकारका उद्धार प्रयास गर्न निर्देशन दिएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले महत्वपूर्ण निर्देशन दिँदै घाइतेहरुको खोजी र उद्धार र उपचारका लागि सक्दो प्रयास गर्न निर्देशन दिएका हुन् ।

तस्वीर र भिडिओ –

 

 

स्रोत – सिन्ह्वा र सीजीटीएन

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register