जङ्गली हात्तीको आक्रमणबाट झापामा एकको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणबाट बिहीबार एक वृद्धको मृत्यु भएको छ । हल्दिबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको मृत्यु भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए । चौकी सामुदायिक वन हल्दिबारीमा दिउँसो घाँट काट्न गएका भट्टराईलाई हात्तीले आक्रमण गरेर मारेको प्रमुख राईले बताए । मृतकको शव पोस्टमार्टमका लागि प्रदेशिक अस्पताल, भद्रपुर […]

Feb 27, 2025 - 15:31
 0
जङ्गली हात्तीको आक्रमणबाट झापामा एकको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणबाट बिहीबार एक वृद्धको मृत्यु भएको छ । हल्दिबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको मृत्यु भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए ।

चौकी सामुदायिक वन हल्दिबारीमा दिउँसो घाँट काट्न गएका भट्टराईलाई हात्तीले आक्रमण गरेर मारेको प्रमुख राईले बताए । मृतकको शव पोस्टमार्टमका लागि प्रदेशिक अस्पताल, भद्रपुर पठाइएको र घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register