चलेनन् सार्वजनिक यातायात (तस्वीरहरू)

काठमाडौं । यातायात व्यवसायीले आह्वान गरेको सार्वजनिक यातायात बन्दका कारण आज पनि सर्वसाधारण मर्कामा परेका छन् । सार्वजनिक गाडी नभएपछि राइड सेयरिङ गर्नेहरुलाई भने फाइदा पुगेको छ । सधैं गाडीले खचाखच भइरहने बस स्टपहरुमा पठाओ, इन्ड्राइभजस्ता राइड सेयरिङ सवारीसाधनहरु देखिन्छन् । मयुर यातायात, थानकोट जाने फोर्स गाडी र केही भाडाका ट्याक्सीहरु भने चलेका छन् । […]

Jun 3, 2025 - 07:34
 0
चलेनन् सार्वजनिक यातायात (तस्वीरहरू)

काठमाडौं । यातायात व्यवसायीले आह्वान गरेको सार्वजनिक यातायात बन्दका कारण आज पनि सर्वसाधारण मर्कामा परेका छन् ।

सार्वजनिक गाडी नभएपछि राइड सेयरिङ गर्नेहरुलाई भने फाइदा पुगेको छ । सधैं गाडीले खचाखच भइरहने बस स्टपहरुमा पठाओ, इन्ड्राइभजस्ता राइड सेयरिङ सवारीसाधनहरु देखिन्छन् ।

मयुर यातायात, थानकोट जाने फोर्स गाडी र केही भाडाका ट्याक्सीहरु भने चलेका छन् । यसैगरी साझा यातायातका बसहरु पनि चलिरहेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले आज पनि दुई वटा रुटमा नि:शुल्क बस चलाएको छ ।

सोमबार मध्यरातमा संघीय सरकार र यातायात व्यवसायी संघबीच ‘राइड सेयरिङ’ नियमावली स्थगित गर्ने विषयमा गण्डकी सरकारलाई पत्राचार गर्ने सहमति भएपनि यातायात व्यवसायीले आज पनि सार्वजनिक सवारीसाधन नचलाएका हुन् ।

तस्वीर – नेपाल फोटो लाइब्रेरी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register