ऐतिहासिक कास्यपदक विजेता एरिकाको भव्य स्वागत (तस्वीरहरू)

काठमाडौं । विश्व करातेको सबैभन्दा कठिनमध्येको एक कराते-१ प्रिमियर लिगमा ऐतिहासिक कास्यपदक जितेर खेलाडी एरिका गुरुङ नेपाल फर्किएकी छिन् । एरिकाले आइतबार सम्पन्न महिला ६८ केजीमाथि तौल समूह अन्तर्गत कास्यपदकको खेलमा फ्रान्सेली पिए क्लेमेन्सलाई हराउँदै कराते प्रिमियर लिगको पहिलो सहभागितामै नेपाललाई ऐतिहासिक पदक दिलाएकी हुन् । उनी कराते प्रिमियर लिगमा पहिलो पदक जित्ने नेपाली खेलाडीसमेत […]

Jun 3, 2025 - 07:28
 0
ऐतिहासिक कास्यपदक विजेता एरिकाको भव्य स्वागत (तस्वीरहरू)

काठमाडौं । विश्व करातेको सबैभन्दा कठिनमध्येको एक कराते-१ प्रिमियर लिगमा ऐतिहासिक कास्यपदक जितेर खेलाडी एरिका गुरुङ नेपाल फर्किएकी छिन् ।

एरिकाले आइतबार सम्पन्न महिला ६८ केजीमाथि तौल समूह अन्तर्गत कास्यपदकको खेलमा फ्रान्सेली पिए क्लेमेन्सलाई हराउँदै कराते प्रिमियर लिगको पहिलो सहभागितामै नेपाललाई ऐतिहासिक पदक दिलाएकी हुन् ।

उनी कराते प्रिमियर लिगमा पहिलो पदक जित्ने नेपाली खेलाडीसमेत बनेकी छन् । यसअघि प्रतियोगितामा छनोट भएसँगै एरिका यस्तो प्रतियोगितामा भाग लिनेसमेत पहिलो खेलाडी बनेकी थिइन् ।

सेमिफाइनलमा पराजित भएकी एरिकाले कास्यपदकका लागि भिड्ने मौका पाएकी थिइन् । सेमिफाइनलमा एरिकालाई हराएकी मारिया टोरेसले यो तौल समूहमा स्वर्ण जितेकी छिन् ।

एरिका एसियाली खेलकुदमा नेपालका लागि रजत विजेता खेलाडी हुन् ।

      

तस्वीर – नेपाल फोटो लाइब्रेरी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register