सत्ता पक्ष र प्रतिपक्षी दलहरू छुट्टाछुट्टै छलफलमा जुटे

काठमाडौं । सभामुख देवराज घिमिरेसँगको संयुक्त छलफलपछि सत्ता पक्ष र प्रतिपक्षी दलहरू छुट्टाछुट्टै छलफल गरेका छन् । यसअघि सभामुखले आह्वान गरेको संयुक्त बैठकमा सभामुख र सत्तापक्षका प्रमुख सचेतकले गृहमन्त्रीलाई बोल्न दिन विपक्षीलाई आग्रह गरेका छन् । यसबारे विपक्षी दलहरू सकारात्मक रहेको सत्तापक्षको भनाइ छ । तर विपक्षीहरुले आफूहरूका कुरा प्रष्ट राखेका छन् । राज्यका जिम्मेवार […]

Jun 3, 2025 - 09:06
 0
सत्ता पक्ष र प्रतिपक्षी दलहरू छुट्टाछुट्टै छलफलमा जुटे

काठमाडौं ।

सभामुख देवराज घिमिरेसँगको संयुक्त छलफलपछि सत्ता पक्ष र प्रतिपक्षी दलहरू छुट्टाछुट्टै छलफल गरेका छन् । यसअघि सभामुखले आह्वान गरेको संयुक्त बैठकमा सभामुख र सत्तापक्षका प्रमुख सचेतकले गृहमन्त्रीलाई बोल्न दिन विपक्षीलाई आग्रह गरेका छन् ।

यसबारे विपक्षी दलहरू सकारात्मक रहेको सत्तापक्षको भनाइ छ । तर विपक्षीहरुले आफूहरूका कुरा प्रष्ट राखेका छन् । राज्यका जिम्मेवार पदाधिकारीको संलग्नतामा भिजिट भिसा मार्फत मानव तस्करी गरिएको आशंका गर्दै विपक्षी दलहरूले २०६४ यताका सबै गृहमन्त्री र श्रममन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग सत्तापक्षसमक्ष राखेका छन् ।

विपक्षीको यस मागबारे निर्णयमा पुग्न सत्ता पक्ष पनि आन्तरिक छलफलमा जुटेका हुन् । दुवै पक्षको छलफल संसद भवन बानेश्वरमा चलिरहेको छ । सत्ता र प्रतिपक्षी दलहरू आन्तरिक छलफलमा जुटेकाले सभामुखले आज ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेलाई सारेका छन् । बैठकमा माओवादी, रास्वपा र नेकपा (एकीकृत समाजवादी)का नेताको सहभागिता थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register