रास्वपाका केन्द्रीय सदस्य पार्टी कार्यालयमा अनिवार्य उपस्थित हुनुपर्ने, कुन बार को (तालिका)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना केन्द्रीय सदस्यहरूलाई साप्ताहिक रूपमा पार्टीको केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने नियम लागू गरेको छ। पार्टीले यसका लागि साप्ताहिक तालिका समेत सार्वजनिक गरेको छ। रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ११ बजेदेखि दिउँसो ४:३० बजेसम्म केन्द्रीय सदस्यहरूले अनिवार्य उपस्थिति जनाउनुपर्नेछ। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले यो नयाँ व्यवस्थाले […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना केन्द्रीय सदस्यहरूलाई साप्ताहिक रूपमा पार्टीको केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने नियम लागू गरेको छ। पार्टीले यसका लागि साप्ताहिक तालिका समेत सार्वजनिक गरेको छ।
रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ११ बजेदेखि दिउँसो ४:३० बजेसम्म केन्द्रीय सदस्यहरूले अनिवार्य उपस्थिति जनाउनुपर्नेछ। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले यो नयाँ व्यवस्थाले केन्द्रीय सदस्यहरूको जिम्मेवारी र सक्रियतालाई थप बढाउने विश्वास व्यक्त गरेका छन्।
सार्वजनिक गरिएको तालिका अनुसार, आइतबार शिव नेपाली, सोमबार कामिनी चौधरी, मंगलबार रामकृष्ण भट्टराई, बुधबार गणेश कार्की, बिहीबार एलिजा गुरुङ र शुक्रबार प्रभात अधिकारी केन्द्रीय कार्यालयमा उपस्थित हुनेछन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले यो प्रावधान मार्फत पार्टीको आन्तरिक संगठन र गतिविधिहरूलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
यस्तो छ तालिका
What's Your Reaction?






