१३ जना सचिवको सरुवा, को कहाँ ?

काठमाडौँ ।  शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ जना सचिवकाे सरुवा  र दुई जनालाई कायममुकायको जिम्मेवारी तोकेको हो । सरकारले कृष्णहरि पुष्करको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको छ  ।  पर्यटन मन्त्रालयमा विनोद सिंह, महालेखा नियन्त्रक कार्यालयमा गणेश पाण्डेको सरुवा गरिएको छ । यस्तै  महिला बालबालिका मन्त्रालयमा लक्ष्मी बस्नेत र उपराष्ट्रपतिको कार्यालयमा दिनेश भट्टराईको […]

Jan 12, 2025 - 15:18
 0
१३ जना सचिवको सरुवा, को कहाँ ?

काठमाडौँ ।  शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ जना सचिवकाे सरुवा  र दुई जनालाई कायममुकायको जिम्मेवारी तोकेको हो ।

सरकारले कृष्णहरि पुष्करको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको छ  ।  पर्यटन मन्त्रालयमा विनोद सिंह, महालेखा नियन्त्रक कार्यालयमा गणेश पाण्डेको सरुवा गरिएको छ । यस्तै  महिला बालबालिका मन्त्रालयमा लक्ष्मी बस्नेत र उपराष्ट्रपतिको कार्यालयमा दिनेश भट्टराईको सुरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा रविलाल पन्थ, निर्वाचन आयोगमा भरतमणि सुवेदी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुमानराज अर्याललाई सरुवा गरिएको छ भने कर्णाली प्रदेशमा लोकनाथ पौड्याललाई पठाइएको छ ।

युवा तथा खेलकुद मन्त्रालयमा हरि लम्सालको सरुवा भएको छ भने  चुडामणी शर्मा पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ ।  मुकुन्द प्रसाद निरौलालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएको  छ ।

बागमती प्रदेशमा महादेव पन्थलाई पठाएको छ । यस्तै मन्त्रिपरिषद् बैठकले बाबुराम अधिकारीलाई लुम्बिनी प्रदेशको कामु प्रदेश सचिव र मदन भुजेललाई मधेस प्रदेशको कामु सचिवको जिम्मेवारी तोकेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register