अखिल क्रान्तिकारीको अध्यक्षमा रोक्काको उम्मेदवारी घोषणा

काठमाडौं । अखिल क्रान्तिकारीको केन्द्रीय समितिको २३ औं राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदका लागि श्याम रोक्काले उम्मेदवारी घोषणा गरेका छन् । उनले असमान शिक्षाको अन्त्य गर्ने र शैक्षिक माफियाविरुद्ध निर्णायक लडाइँ लड्ने अठोटसहित उम्मेदवारी दिएको बताएका छन् । उनले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । ३२ […]

Jan 13, 2025 - 12:17
 0
अखिल क्रान्तिकारीको अध्यक्षमा रोक्काको उम्मेदवारी घोषणा

काठमाडौं । अखिल क्रान्तिकारीको केन्द्रीय समितिको २३ औं राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदका लागि श्याम रोक्काले उम्मेदवारी घोषणा गरेका छन् ।

उनले असमान शिक्षाको अन्त्य गर्ने र शैक्षिक माफियाविरुद्ध निर्णायक लडाइँ लड्ने अठोटसहित उम्मेदवारी दिएको बताएका छन् । उनले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

३२ वर्षे उमेरहद हद तोकिएका कारण यसपाली को नेतृत्वमा आउँछ भनेर सङ्गठनभित्र रुचिपूर्वक हेरिएको छ । विद्यार्थी प्रतिनिधिको निर्णयले नयाँ नेतृत्वको तय गर्नेछ ।

रोक्काले प्रविधिमैत्री शिक्षा र रचनात्मक विद्यार्थी आन्दोलनको विकास, सत्ताको लोभमा फसेको विद्यार्थी आन्दोलनलाई सडक आन्दोलनको पहिचानमा रूपान्तरण, विद्यालयदेखि विश्वविद्यालयसम्म शैक्षिक सुधार कार्यक्रम सञ्चालन, पढ्दै कमाउँदै अभियानको सुरुवात, नि:शुल्क र समान शिक्षा सुनिश्चित गर्न सङ्घर्ष, गुणस्तरीय स्ववियुको विकास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका साथै सामूहिक प्रयासको आवश्यकतालाई एजेन्डामा समावेश गरेका छन् ।

रोक्काले आफू सहिद परिवारको सदस्य भएकाले पार्टीका शीर्ष नेतादेखि प्रतिनिधिसम्मको सहानुभूति र समर्थन रहेको दाबी गरेका छन् ।

अखिल क्रान्तिकारीमा नयाँ नेतृत्व चयनका लागि माघ ५ गते मनोनयन दर्ता र माघ १२ गते मतदानको मिति तय गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register