राष्ट्रपतिद्वारा चार अध्यादेश जारी, एउटा रोके
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश रोकेका छन् । राष्ट्रपतिले सरकारले सिफारिस गरेका पाँचमध्ये भूमिसम्बन्धी अध्यादेश रोकेका हुन् । पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले ५ अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति पौडेलले अन्य चार अध्यादेश भने जारी गरेका छन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईकाअनुसार सुशासन […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश रोकेका छन् ।
राष्ट्रपतिले सरकारले सिफारिस गरेका पाँचमध्ये भूमिसम्बन्धी अध्यादेश रोकेका हुन् ।
पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले ५ अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति पौडेलले अन्य चार अध्यादेश भने जारी गरेका छन् ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईकाअनुसार सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, नेपाल कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश–२०८१, नीजिकरण पहिलो संशोधन अध्यादेश–२०८१, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ जारी भएको छ ।
What's Your Reaction?






