रविको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न मिल्ने इजलासमा राख्न आदेश, यस्तो थियो हेर्न नमिल्नेको शृंखला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्नेबाहेकका न्यायाधीशहरूको इजलासमा राख्न आदेश भएको छ । बन्दी प्रत्यक्षीकरण जस्तो संवेदनशील मुद्दा पटक-पटक हेर्न नमिल्नेमा परेपछि सर्वोच्चका न्यायाधीशद्वय  मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको इजलासबाट  यस्तो आइतबारआदेश आएको हो । सामान्यतया,  बन्दी प्रत्यक्षीकरणको रिट पहिलो प्राथमिकतामा पर्ने गर्दछ।  गैरकानुनी थुनामा राखेको […]

May 18, 2025 - 15:15
 0
रविको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न मिल्ने इजलासमा राख्न आदेश, यस्तो थियो हेर्न नमिल्नेको शृंखला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्नेबाहेकका न्यायाधीशहरूको इजलासमा राख्न आदेश भएको छ ।

बन्दी प्रत्यक्षीकरण जस्तो संवेदनशील मुद्दा पटक-पटक हेर्न नमिल्नेमा परेपछि सर्वोच्चका न्यायाधीशद्वय  मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको इजलासबाट  यस्तो आइतबारआदेश आएको हो ।

सामान्यतया,  बन्दी प्रत्यक्षीकरणको रिट पहिलो प्राथमिकतामा पर्ने गर्दछ।  गैरकानुनी थुनामा राखेको दाबीसहित कुनै पनि व्यक्तिलाई तत्काल रिहा गराउन बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराइन्छ ।  लामिछानेको यो मुद्दा पाँचपटक हेर्न नमिल्नेमा परिसकेको छ।

लामिछानेको बन्दी प्रत्यक्षीकरणको मुद्दा वैशाख ७ मा दर्ता भएको थियो । करिब एक महिनासम्म पनि उक्त मुद्दा निरूपण हुन नसकेपछि सर्वोच्चले यस्तो आदेश दिएको हो ।

सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले बताए । न्यायाधीशद्वय शर्मा र पोखरेलको इजलासले हेर्न नमिल्नेबाहेकका न्यायाधीशहरूले गोला तान्ने गरी व्यवस्था गर्न आदेश भएको  हो । ‘पाँचौँ चोटी हेर्न नमिल्ने देखिएको रहेछ । त्यसमा हेर्न  हेर्न मिल्नेलाई गोला तान्न दिन भन्ने आशयको आदेश छ,’ उनले भने।

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट सुरूमा वैशाख ८ गते न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको थियो । तर उक्त इजलासले हेर्न मिलेको थिएन ।

यस्तो थियो हेर्न नमिल्ने श्रृंखला

वैशाख ७ मा  दर्ता भएको बन्दी प्रत्यक्षीकरण मुद्दामा वैशाख ८ मा  पहिलो सुनुवाई तोकिएको थियो । न्यायाधीश हरि फुयालको इजलासमा तोकिएको उक्त पेसी हेर्न नमिल्नेमा पुग्यो । फुयालले लामिछानेको पासपोर्टसम्बन्धी मुद्दामा सुनुवाई गरेकाले नहेर्ने निर्णय लिएका थिए ।

फुयालको इजलासमा तोकिएको भोलिपल्ट अर्थात् ९ बैसाखमा लामिछानेको मुद्दा हेर्न मिल्ने गरी पेसी चढ्यो । र, न्यायाधीश अव्दुल अजीज मुसलमानले कारण देखाउ आदेश जारी गरे । तर, त्यसपछि तोकिएका लगातार चारवटा इजलासमा भने लामिछानेको मुद्दा हेर्न नमिल्नेमै थियो ।

कारण देखाउ आदेशपछि वैशाख २८ मा न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा पोखरेलको कारण हेर्न नमिल्ने भयो । त्यसपछि वैशाख ३० न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिल प्रसाद श्रेष्ठको इजलासमा पेस भयो ।

पहिलो पेसीमै फुयालको इजलासमा हेर्न नमिल्नेमा रहेको मुद्दा पुन: फुयाल सहितको इजलासमा पेसी तोकियो । फलत: हेर्न नमिल्ने भयो ।   त्यसपछि फेरि, ३१ वैशाखमा न्यायाधीशद्वय नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको इजलासमा लामिछानेको मुद्दा तोकियो ।

द‍ोहोर्‍याएर सोही मुद्दा हेर्न नमिल्ने भएकाले न्यायाधीश मुसलमानले समेत यो मुद्दा हेर्न मिल्दैन थियो । र, कारण देखाऊ आदेश दिएका न्यायाधीश मुसलमानसहितको इजलासमा परेपछि हेर्न नमिल्नेमा पुग्यो ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register