१५ गतेको आन्दोलनका लागि देशभरबाट कार्यकर्ता काठमाडौं बोलाउँदै राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले जेठ १५ गतेको काठमाडौंकेन्द्रित आन्दोलनका लागि देशभरबाट नेता/कार्यकर्ता काठमाडौं उतार्ने भएको छ । आइतबार राप्रपाको केन्द्रीय कार्यसम्पादनको बैठकको निर्णय सुनाउँदै अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गते काठमाडौंमा हुने आन्दोलनमा उपत्यका बाहिरका जिल्लाहरु पनि सहभागिता गराउने जानकारी दिए । उनले कम्तीमा सात दिनका लागि उपत्यका बाहिरका जिल्ला कार्यकर्ताहरुलाई पनि बोलाउने निर्णय […]

May 18, 2025 - 16:54
 0
१५ गतेको आन्दोलनका लागि देशभरबाट कार्यकर्ता काठमाडौं बोलाउँदै राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले जेठ १५ गतेको काठमाडौंकेन्द्रित आन्दोलनका लागि देशभरबाट नेता/कार्यकर्ता काठमाडौं उतार्ने भएको छ । आइतबार राप्रपाको केन्द्रीय कार्यसम्पादनको बैठकको निर्णय सुनाउँदै अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गते काठमाडौंमा हुने आन्दोलनमा उपत्यका बाहिरका जिल्लाहरु पनि सहभागिता गराउने जानकारी दिए ।

उनले कम्तीमा सात दिनका लागि उपत्यका बाहिरका जिल्ला कार्यकर्ताहरुलाई पनि बोलाउने निर्णय भएको बताए ।

यस्तै पार्टीका जिल्ला अधिवेशनहरू आगामी असोज मसान्तसम्म सम्पन्न गर्ने निर्णयसमेत बैठकले गरेको छ । अध्यक्ष लिङ्देनले भने, ‘पूर्वनिर्धारित जिल्ला अधिवेशन सम्पन्न गर्न अलिहे समय परिमार्जन गरेर असोज मसान्तसम्मको म्याद बनाएका छौँ । असोज मसान्त सम्ममा सबै जिल्ला अधिवेशन सक्ने निर्णय भएको छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register