जापानमा ६.८ म्याग्निच्युडको भूकम्प, सुनामीको पनि चेतावनी

टोकियो । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार सोमबार राति जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन् । जापान मौसम विज्ञान एजेन्सी (जेएमए)ले क्युशु क्षेत्रको मियाजाकी प्रिफेक्चरनजिकै भूकम्प गएपछि राति २१ः१९ बजे (१२ः१९ जएिमटी) एक मिटर (तीन फिट) सम्मको सुनामी छाल आउनसक्ने बताएको छ । यूएसजीएसले […]

Jan 14, 2025 - 03:56
 0
जापानमा ६.८ म्याग्निच्युडको भूकम्प, सुनामीको पनि चेतावनी

टोकियो । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार सोमबार राति जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन् ।

जापान मौसम विज्ञान एजेन्सी (जेएमए)ले क्युशु क्षेत्रको मियाजाकी प्रिफेक्चरनजिकै भूकम्प गएपछि राति २१ः१९ बजे (१२ः१९ जएिमटी) एक मिटर (तीन फिट) सम्मको सुनामी छाल आउनसक्ने बताएको छ ।

यूएसजीएसले आफ्नो अनुमान ६।९ म्याग्निच्युडबाट घटाएर ६‍‍.८ गर्दै यो भूकम्पबाट कुनै सुनामीको खतरा नभएको बताएको छ ।

तैपनि जेएमएले जनतालाई तटीय पानीबाट टाढा रहन आग्रह गरेको छ । एजेन्सीले सामाजिक सञ्जाल एक्समा भनेको छ, ‘सुनामी बारम्बार आउन सक्छ । कृपया समुद्रमा नजानुहोस् वा तटीय क्षेत्रहरू नजिक नजानुहोस् ।’

चीनमा फेरि भूकम्प गयो, नेपालमा पनि धक्का महसुस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register