दीपक मनाङेलाई कैद सजायमा २० प्रतिशत छुट

काठमाडौं । गण्डकी प्रदेशका निलम्बित सांसद दीपक मनाङेले कैद सजायमा २० प्रतिशत छुट पाएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन आदेश दिएको हो । मनाङले मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत छुट पाउने निवेदन दिएका थिए । उनले फागुन १२ गते दिएको […]

Mar 7, 2025 - 11:39
 0
दीपक मनाङेलाई कैद सजायमा २० प्रतिशत छुट

काठमाडौं । गण्डकी प्रदेशका निलम्बित सांसद दीपक मनाङेले कैद सजायमा २० प्रतिशत छुट पाएका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन आदेश दिएको हो ।

मनाङले मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत छुट पाउने निवेदन दिएका थिए ।

उनले फागुन १२ गते दिएको निवेदनअनुसार २० प्रतिशत छुट दिन आदेश दिइएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

२० प्रतिशत छुट पाउँदा मनाङेको कैद सजाय १ वर्ष घट्नेछ । अब २ वर्ष ४ महिना कैद बाँकी रहे पनि उनले एक वर्ष नै कैद छुट पाएका हुन् । उनले बाँकी १६ महिना मात्रै कैद भुक्तान गरे हुने भएको छ ।

तरबारले चक्रे मिलन भन्ने मिलन गुरूङको हात काटेको घटनामा मनाङे २०८१ कात्तिक २७ गते डिल्लीबजार कारागार चलान भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register