इजरायल र हमास गाजामा युद्धविराम सम्झौताको नजिक

काठमाडौं । इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि भएको सम्झौताका शर्तहरू अन्तिम चरणमा छ । यो युद्धविरामका लागि भइरहेको वार्ताको अनुगमन गरिरहेका प्यालेस्टिनी अधिकारीले बीबीसीलाई यो जानकारी दिएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडनले सम्झौता अन्तिम चरणमा पुगेको र आफ्नो प्रशासनले यस विषयमा लगनशीलताका साथ काम गरिरहेको बेलामा यस्तो समाचार बाहिरिएको हो […]

Jan 14, 2025 - 05:32
 0
इजरायल र हमास गाजामा युद्धविराम सम्झौताको नजिक

काठमाडौं । इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि भएको सम्झौताका शर्तहरू अन्तिम चरणमा छ ।

यो युद्धविरामका लागि भइरहेको वार्ताको अनुगमन गरिरहेका प्यालेस्टिनी अधिकारीले बीबीसीलाई यो जानकारी दिएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले सम्झौता अन्तिम चरणमा पुगेको र आफ्नो प्रशासनले यस विषयमा लगनशीलताका साथ काम गरिरहेको बेलामा यस्तो समाचार बाहिरिएको हो ।

एक इजरायली अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई वार्ता अन्तिम चरणमा रहेको र केही घण्टा वा दिनमा सहमति हुन सक्ने बताएका छन् ।

बाइडनले आइतबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र वार्ताको मध्यस्थता गरिरहेका कतारका शेख तमिम बिन हमाद अल थानीसँग कुरा गरेका थिए ।

एक प्यालेस्टिनी अधिकारीले भने, ‘हमास र इजरायली अधिकारीहरू सोमबारदेखि एउटा भवनमा वार्ता गरिरहेका छन् ।’

यस सम्झौतासँग सम्बन्धित केही सम्भावनाबारे जानकारी दिँदै ती अधिकारीले भने, ‘यस विषयमा विस्तृत प्राविधिक विषयमा छलफल गर्न धेरै समय लाग्नेछ ।’

युद्धविरामका सम्भावित शर्त

दुवै पक्ष सहमत भए हमासले सम्झौताको पहिलो दिन तीन बन्धकहरूलाई रिहा गर्नेछ, त्यसको बदलामा इजरायलले गाजाको उच्च जनसङ्ख्या भएको क्षेत्रबाट आफ्ना सेना फिर्ता गर्नुपर्नेछ ।

युद्धविरामको सात दिनपछि हमासले थप चार जना बन्धकहरूलाई रिहा गर्नेछ र इजरायलले दक्षिणबाट विस्थापित मानिसहरूलाई उत्तर क्षेत्रमा फर्कन अनुमति दिनेछ, तर तटीय सडकहरूबाट पैदल मात्र ।

कार, जनावरले तानेका गाडा र ट्रक सालाह अल-दिन रोडको साथ सडक पार गर्न अनुमति दिइनेछ । कतार र इजिप्टको प्राविधिक सुरक्षा टोलीद्वारा सञ्चालित एक्स–रे मेसिनबाट यसको अनुगमन हुनेछ ।

युद्धविराम सम्झौतामा इजरायली सेनाहरू फिलाडेल्फिया कोरिडोरमा रहने र ४२ दिनको पहिलो चरणमा पूर्वी र उत्तरी सिमानामा ८०० मिटरको बफर जोन कायम राख्ने प्रावधान समावेश गरिनेछ ।

यस सम्झौताअन्तर्गत इजरायलले १५ वर्ष वा सोभन्दा बढी समयदेखि सजाय भुक्तान गरिरहेका करिब १९० जनासहित एक हजार प्यालेस्टिनी बन्दीलाई रिहा गर्नुपर्नेछ भने बदलामा हमासले ३४ बन्धकहरूलाई रिहा गर्नेछ ।

यस युद्धविराम सम्झौताको दोस्रो र तेस्रो चरणको वार्ता पहिलो चरणको १६औं दिनबाट सुरु हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register